ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा कोरोना दोस्रो चरणमा प्रवेश 

पहिलोपटक एक स्थानीय महिलामा संक्रमण भएको पूष्टि

२०७६ चैत, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल


चैत २२, काठमाडौं । नेपालमा कोरोना संक्रमण दोश्रो चरणमा प्रवेश गरेको छ । कैलाली जिल्लाको धनगढीकी एक स्थानीय महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएसँगै कोरोना संक्रमण दास्रो चरणमा प्रवेश गरेको हो । 

अहिलेसम्म विदेशबाट आएका नेपालीमा मात्रै भेटिएकोमा शनिवार धनगढीकी  ती  महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको  छ ।ती ३४ वर्षीया महिला दुबईबाट आएका चौथो संक्रमित व्यक्तिको नातेदार हुन् । 

स्थानीयतहमै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको यो घटना भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रवक्ता डा विकास देवकोटाले बताए ।

‘नेपालमा संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पहिलो केस हो, त्यसैले हामी दोस्रो चरणमा प्रवेश गरेका छौं, यसलाई हामी लोकल ट्रान्समिसन भन्छौं ।’
 ‘विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रोटोकलअनुसार ‘लोकल ट्रान्समिसन’लाई कोरोना संक्रमणको दोस्रो चरण भनिन्छ’,  उनले भने ।

यस्तै नेपालमा थप तीन जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना संक्रमण भएको जानकारी दिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९ पुगेकोे छ । 

पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।

४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै रहेको मन्त्रालयले जानकारी दिएको छ ।

उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनै जनामा संक्रमण देखिएको र उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको प्रवक्ता देवकोटाले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)