ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशमा अध्ययनरत विद्यार्थीलाई ५०० डलर सटही   सुविधा

२०७६ चैत, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

चैत २३, काठमाडौं । विदेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई आवस्यक खर्च अभिभावकमार्फत पठाउँदा अब नेपाल राष्ट्र बैंकले एनओसी (नो अब्जेशन सर्टिफिकेट)बीना सटही सुविधा दिने भएको छ । 

सरकारले उक्त सुविधा दिन केन्द्रिय बैंकलाई निर्दशन दिएसँगै अब एनओसी  नचाहिने भएको हो । यसअघि अभिभावकले सटही गर्न जाँदा अनिवार्य रुपमा एनओसी देखाउनु पथ्र्यो । अब सोहि व्यवस्थाअनुसार लागू गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । 

यो व्यवस्थासँगै अभिभावकले प्रतिविद्यार्थी बढीमा अमेरीकी डलर ५०० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म एक पटक मात्र पठाउन सक्नेछन् । यतिबेला कोभिड–१९ले गर्दा लकडाउनका कारण विदेशमा अध्ययनरत विद्यार्थीलाई आर्थिक अभाव भइरहेको छ ।
 

मन्त्रीपरिषद् बैठकले कोरोना भाइरसको प्रकोप र लकडाउनका कारण अधिकांश देशमा अध्ययनरत विद्यार्थीको दैनीक गुजारामा समस्या नहोस् भन्ने उद्देश्यले निर्वाह खर्च जुटाइदिन उक्त निर्देशन दिएको थियो । 

नेपाल राष्ट्र बैंकले यसअघिदेखि नै भारतबाहेकका अन्य मुलुकमा अध्ययनरत विद्यार्थीको हकमा दोस्रो पटकदेखि शिक्षण शुल्क तथा निर्वाह शुल्क वापतको रकम सटहीको लागि व्यवस्था गरेको थियो । तर सरकारले अहिले दिएको सटही सुविधामा एनओसी देखाउन नपरे पनि अन्य कागजात सहित शर्त भने पूरा गर्नुपर्नेछ । 

राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार एनओसी विना अभिभावकमार्फत पठाइएको रकमको बेनिफिसरी हाल विदेशमा रहेका नेपाली विद्यार्थी हुनुपर्ने छ । 

निर्वाह खर्च वापतको रकम पठाउँदा निज विदेशमा रही अध्ययन गरिरहेको खुल्ने कागजात सहित बैंक तथा वित्तीय संस्थामा निवेदन पेश गर्नुपर्ने उनले बताए ।

‘विद्यार्थीका अभिभावक तथा आफन्तले मात्र यसरी रकम पठाउन पाउने छन् । सटही सुविधा माग गर्ने व्यक्तिले अन्य बैंक तथा वित्तीय संस्थाबाट यस्तो सटही सुविधा नलिएको स्वघोषणा पेश गर्नुपर्ने छ ,’ उनले भने ।

केन्द्रीय बैंकले बैंकहरुले यस्तो सुविधा दिएको विवरण भने महीना सकिएको एक हप्ताभित्र राष्ट्र बैंकमा बुझाउन निर्देशन दिएको छ । यस्तो रकमको दुरुपयोग भएको पाइएमा सम्बन्धित अभिभावक तथा आफन्त जिम्मेवार हुनुपर्ने प्रति केन्द्रीय बैंकले  थप ध्यानाकर्षण गराएको छ ।

सरकारले  विदेशमा रहेका नेपाली जहाँ छन् त्यहाँ सुरक्षित बस्न र आफ्नो व्यवस्थापन गर्दै जानसमेत अनुरोध गरेको छ । सरकारले पछि अवस्था स्वभाविक तथा सामान्य भएपछि मात्र नेपाल फर्कन सकिने तर हाललाई जो जहाँ छ त्यहि रहन पनि भनेको छ ।
 

साइप्रसका विद्यार्थीलाई ३०० यूरो सटही सुविधा

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट  साइप्रसमा रहेका नेपाली विद्यार्थीहरुले प्राप्त गर्ने गरी शिक्षा मन्त्रालयको एनओसी बिना पनि सटहि सुविधा दिने घोषणा गरेको छ ।

गत चैत १४ गते राष्ट्र बैंक विदेशी विनिमय कारोवार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरूलाई जारी गरिएको एकीकृत परिपत्र – २०७६ शंसोधन गर्दै उक्त सुविधा थप गरेको हो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)