ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीटुजीबाट खरीद प्रक्रिया  शुरू : नेपाली सेना

२०७६ चैत, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री किन्न नेपाली सेनाले प्रक्रिया शुरू गरेको छ । स्वास्थ्य उपकरण किन्ने विषयमा चर्काे मतभेद देखिएपछि चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनामार्फत सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट यस्ता सामग्री किन्ने निर्णय गरेसँगै सेनाले आफ्नो दौत्य सम्बन्ध कायम भएका देशका साथै अन्य देशको सूची तयार पार्ने कार्य अघि बढाएको हो ।

त्यसैगरी त्यसरी किनिने सामग्रीहरूको गुणस्तर निर्धारण गर्न सेनाले विभिन्न मन्त्रालयका पदाधिकारीको सहभागितामा गुणस्तर निर्धारण समिति पनि गठन गर्ने भएको छ । आइतवार भिडियो कन्फरेन्समार्फत पत्रकार सम्मेलन गरी सेनाले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरीद प्रक्रिया र द्रुतमार्ग निर्माणमा परामर्शदाता छनोटका विषयमा स्पष्टीकरण दिएको छ ।

दौत्य सम्बन्ध कायम भएका देशबाट गर्दा छिटो हुने भएकाले त्यसलाई प्राथमिकता दिएको र अन्य देश पनि छनोटको प्रक्रियामा रहेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । उनले यी सामग्री खरीदको आवश्यक प्रक्रिया छिटो टुंग्याउने गरी गृहकार्य भएको बताए । नेपाली सेनालाई खरीद गराउने विषयमा पछिल्लो समय विभिन्न तहबाट मत बाझिएका बेला उनले भने, ‘विपद्को बेलामा सदैव सेना अग्रपंक्तिमा रहेको छ । सरकार मातहतकै सेनाले खरीद गर्न लागेको हो ।’

यसैगरी सेनाले त्यस्ता सामग्री विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट मान्यता प्राप्त हुने र सामग्री खरीदका लागि मध्यस्थकर्ताको प्रयोग नगर्ने स्पष्ट पारेको छ । यस्तै उक्त प्रक्रिया सार्वजनिक खरीद ऐन तथा नियमावलीअनुसार हुने, प्रतिस्पर्धात्मक मूल्य, सामग्री र यातायातको छुट्टाछुुट्ट मूल्य निर्धारण तथा समयसीमाभित्र आपूर्तिको व्यवस्थापन हुने पाण्डेको दाबी छ । सेनाले किन्ने सामग्रीहरूको गुणस्तर निर्धारण गर्न स्वास्थ्य जनसंख्या मन्त्रालयलगायत विभिन्न मन्त्रालयका पदाधिकारीहरूसहितको गुणस्तर नियन्त्रण समिति गठन गर्ने योजनासमेत बनाइएको उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)