ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना नियन्त्रण : गैससले आफ्नो बजेटको २० प्रतिशत खर्च गर्न पाउने

२०७६ चैत, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे

काठमाडौं । गैरसरकारी संस्थाहरूले एकद्वार प्रणालीमार्फत कोरोना रोकथाम तथा नियन्त्रणमा आफ्नो कुल बजेटको २० प्रतिशत खर्च गर्न पाउने भएका छन् । नेपालमा कार्यरत गैरसरकारी संस्था र अन्तरराष्ट्रिय गैरसरकारी संस्थालाई विपद्मा सहयोग गर्न आह्वान गर्दै सरकारले चालू आवमा स्वीकृत कार्यक्रमबाट २० प्रतिशतसम्म बजेट खर्च गर्न दिने निर्णय गरेको हो ।

क्वारेन्टाइन निर्माण, असहाय अशक्तलाई राहत, स्वास्थ्य उपकरण खरीदमा गैससले सो रकम खर्च गर्न पाउनेछन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वती गुरुङको संयोजकत्वमा हालै बसेको समाज कल्याण परिषद्को बैठकल यस्तो खर्च अनिवार्य रूपमा सरकारी संयन्त्रबाट गर्नुपर्ने निर्णय गरेको छ । ‘राहत तथा सहयोगमा एकरूपता ल्याउन तीन तहका सरकारमार्पmत समन्वय गरेर त्यस्तो रकम खर्च गर्न भनिएको छ,’ समाज कल्याण परिषद्का सदस्य सचिव शिवकुमार बस्नेतले अभियानलाई बताए ।

नेपालमा रहेका अन्तरराष्ट्रिय गैससले आगामी नीति तथा कार्यक्रममार्फत कोरोना रोकथाम तथा नियन्त्रणलाई लक्षित गरी करीब २ अर्ब बराबरको खर्च गर्ने जानकारी समाज कल्याण परिषद्लाई गराएको बस्नेतले बताए ।

अन्तरराष्ट्रिय गैसस संघ नेपालले १ महीनाअघि नै कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग गर्ने बताइसकेको छ । अन्तरराष्ट्रिय गैसस संघ नेपालका अध्यक्ष अच्युत लुइँटेलद्वारा जारी विज्ञप्तिमा लकडाउनका बेला गैरसरकारी संस्थाहरूले घरबाटै काम गर्ने र विपद्को बेला सरकारलाई सक्दो साथ दिने उल्लेख छ । गैससहरूले गत हप्ता रू. २५ लाख बराबरको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरिसकेको महासंघको भनाइ छ । सरकारले अन्तरराष्ट्रिय गैरसरकारी संस्थाले कोरोना रोकथामका लागि आयात गर्ने सामानमा भन्सार छूट दिने निर्णय गरिसकेको समाज कल्याण परिषद्का अधिकारीहरू बताउँछन् । लुइँटेलका अनुसार सरकारलाई आवश्यक स्वास्थ्य सामग्रीको विवरण जानकारी दिन आग्रह गरिएको छ । ‘आवश्यक सामग्री कुनकुन हो र कति परिणाम हो, स्वास्थ्य मन्त्रालयलाई जानकारी दिन भनेका छौं, सोही अनुसार तत्काल सहयोग गर्न प्रतिबद्ध छौं,’ उनले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)