ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गरीब र श्रमिकलाई ६ क्विन्टल तरकारी वितरण 

२०७६ चैत, २३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

चैत २४, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–६ शालिजाका कृषकले  गरीब र मजदूरलाई ६ क्विन्टल तरकारी निःशुल्क दिएका छन् । शालिजाका कृषकहरूले लकडाउनका कारण काम नपाएर भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेका मजदूरहरूलाई मिलनचोकमा रहेको खाद्य बैंकमार्फत ६ क्विन्टल तरकारी सहयोग गरेका हुन् ।

९ जना कृषकले जलजला गाउँपालिकाले मिलनचोकमा स्थापना गरेको खाद्य बैंकमा उक्त परिमाणको तरकारी सहयोग गरेका हुन् । कृषकहरूले उपलब्ध गराएको तरकारी लामाखेत र वारिबेनीमा बस्ने विपन्न तथा श्रमिक परिवारलाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि चैत ११ गतेदेखि गरेको लकडाउनका कारण कृषकले उत्पादन गरेको तरकारी, फलफूल र दूधको विक्री घटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)