ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्दै

लक डाउनको समय थप्ने तयारी

२०७६ चैत, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

चैत २४, काठमाडौं । दुई सातादेखिको लकडाउनको समीक्षा सहित अब थप्नु पर्ने समय र स्वास्थ्य सामग्रीका विषयमा छलफल गर्न सोमवार दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले  लकडाउनको समय एक साता थप्ने तयारी गरेको छ । यस्तै  मन्त्रिपरिषदमा स्वास्थ्य सामग्री खरीद गर्न जिटुजीबारे थप निर्णय पनि हुने बालुवाटार स्रोतले बताएको छ । 

सरकारले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर जिटुजी प्रक्रियामार्फत स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी नेपाली सेनालाई दिइसकेको छ । 

उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम उच्च स्तरिय समन्वय समितिको आइतवारको बैठकले कारोनासँग सम्बन्धित उपकरण, औषधीहरु सार्वजनिक खरीद ऐनको प्रावधानमा रहेर जीटुजी तथा निजी क्षेत्रसँग प्रतिष्पर्धामा दुवै तरिकाबाट  खरीद गर्न सकिने निर्णय गरेको थियो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)