ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी प्रदेशमा ९३ जना कोरोनाको नमूना संकलन : २ पोजेटिभ, ७३ नेगेटिभ

२०७६ चैत, २३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि पौड्याल

चैत २४, कास्की । गण्डकी प्रदेशब कोरोना भाइरस (कोभिड–१९) संक्रमणको शंका भएका ९३ जनाको नमूना संकलन गरिएको छ । त्यसमध्ये ७५ ओटाको मात्र रिपोटै आएको छ । यसमध्ये ७३ जनाको नेगेटिभ र दुई जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

गण्डकी प्रदेशमा कोरोना पोजेटिभ देखिएको दुवै बागलुङका हुन् । उनीहरूको धलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । उनीहरू दुवै बेल्जियमबाट चैत ४ गते कतारको दोहा–काठमाडौं हुँदै बागलुङ पुगेका थिए ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीमा ४१ जनाको नमूना संकलन गरिएको छ । यसैगरी बागलुङका १८ जना, स्याङ्जाका ८ जना, पर्वतमा १४, लम्जुङका ७ जना, तनहुँ १, गोरखा २ र म्याग्दीका ३ जनाको स्वाब परीक्षण गरिएको छ ।

गण्डकी प्रदेशका मनाङ, मुस्ताङ र नवलपुरमा अहिलेसम्म कुनै शंकास्पद बिरामी फेला नपरेकाले कुनै नमूना संकलन नगरिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए । केही दिनअघि संघीय सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना भाइरसको परीक्षण गर्ने पोर्टेबल आरटी पीसीआर मेशिन सञ्चालनमा आएपछि नमूना परीक्षण र उपचारका लागि बिरामीहरू आउन थालेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ४६ ओटा परीक्षण गरिएकामध्ये २८ वटामा संक्रमण नदेखिएको र १८ ओटाको नतीजा आउन बाँकी रहेको शर्माले बताए ।
गण्डकी प्रदेशमा विभिन्न मुलुकबाट फर्कीएका २ हजार ४९२ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशका ९ जिल्लामा विभिन्न देशबाट फर्किका मानिसलाई २ साताका लागि होम क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार कास्कीमा ९६ जना होम क्वारेन्टाइनमा बसेका छन् । स्याङ्जामा ५१३ जना होम क्वारेन्टाइनमा रहेका छन् । यस्तै तनहुँमा ५५०, गोरखामा २४८, पर्वतमा १८५, म्याग्दीमा ९१ जना होम क्वारेन्टाइनमा बसेका छन् । यस्तै गण्डकी प्रदेशमा सबैभन्दा कम मनाङमा तीनजना मात्र होम क्वारेन्टाइनमा बसेका छन् । मुस्ताङ, नवलपुर र लमजुङमा होम क्वारेन्टाइनमा कोही पनि नबसेको शर्माले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)