ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नवनियुक्त गभर्नर : वित्तीय क्षेत्र समस्यामा रहँदा वित्तीय व्यवस्थापन सम्हाल्नु पर्ने जिम्मेवारी

२०७६ चैत, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

चैत २५, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलवार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले शपथ खुवाउनुभएको थियो ।

 शपथलिए लिगत्तै बालुवाटरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा पुगी उनले गभर्नरको जिम्वेवारी सम्हालेका थिए ।

पदग्रहण गर्ने क्रममा  उनले कोरोना भाइरसको संक्रमण र यसले भावि दिनमा अर्थतन्त्रममा पार्ने प्रभाव लगायतबारे अध्ययन गर्नको लागि समिति गठन गर्ने निर्णयसमेत गरेका छन् ।

 

विहानी शत्रमा गभर्नरलाई डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, प्रवक्ता डा गुणाकर भट्ट, सहप्रवक्ता गोविन्द नागिला लगायतका राष्ट बैंकका उच्च कर्मचारीले स्वागत गरेका थिए ।

गभर्नरका रूपमा नियुक्त भएसँगै अधिकारी ४ वर्षपछि राष्ट्र बैंक फर्केका छन् । यसअघि डेपुटी गभर्नर भइसकेका अधिकारीको केन्द्रीय बैंकको प्रमुखका रूपमा आगमन भने चुनौतीपूर्ण समयमा भएको छ । 

राष्ट्र बैंकमा सहायक निर्देशकबाट प्रवेश गरी डेपुटी गभर्नरसम्म काम गर्दा वित्तीय क्षेत्रमा सफल व्यवस्थापकको छवि बनाएका अधिकारीका सामु अहिले कोरोना भाइरसका कारण देशको अर्थतन्त्रका साथै वित्तीय क्षेत्र समस्याग्रस्त हुँदै गर्दा मुलुकको वित्तीय व्यवस्थापनको बागडोर सम्हाल्नुपर्ने जिम्मेवारी आएको छ ।


हालका अर्थमन्त्री डा युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा शुरू गरिएका वित्तीय क्षेत्रका अधिकांश सुधारका पहलहरूमा डेपुटी गभर्नरका रूपमा अधिकारीको सहभागिता उल्लेख्य रहेको थियो ।

बैंक तथा वित्तीय क्षेत्रको सुपरिवेक्षण, समस्याग्रस्त वित्तीय संस्थामाथि कडाइ, बैंकर तथा उद्योगीलाई छुट्ट्याउनेलगायत सुधारका कामहरूको नेतृत्व उनले नै गरेका थिए ।


मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो । 

यो पनि हेर्नुहोस् :

चुनौतीका चाङबीच केन्द्रीय बैंक सम्हाल्दै अधिकारी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)