ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तरराष्ट्रिय हवाई उडान वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय

आन्तरिक उडान भने वैशाख ३ गते सम्मका लागि स्थगित

२०७६ चैत, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

चैत २५, काठमाडौं । सरकारले अन्तरराष्ट्रिय हवाई उडानको प्रतिबन्धलाई  कायम गर्दै १५ दिन थप गरेको छ ।
 

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलवारको बैठकले हाल कायम रहेको स्थगनको समयलाई बढाएर वैशाख १८ सम्म पुर्‍याएको हो ।
 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तरराष्ट्रिय उडानमा रोक लगाउने घोषणा गर्नुभएको थियो । 

त्यसपछि सरकारले नेपाल आउने अन्तरराष्ट्रिय उडानमा लगाएको प्रतिबन्धलाई आउँदो वैशाख ३ (अप्रिल १५) सम्म लम्ब्याएको थियो । अन्तराष्ट्रिय उडान स्थगनको समय बडाउने सरकाको यो तेस्रो निर्णय हो । 

सरकारले आन्तरिक उडानलाई भने बैठकले वैशाख ३ गते (अप्रिल १५) सम्मका लागि स्थगित गरेको छ । हाल आन्तरिक उडान पनि बन्द नै रहेकाले  आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरूमा ¥यापिड किटमार्फत परीक्षणलाई बढाउने निर्णय गरेको छ । ‘कैलाली, कञ्चनपुर र बागलुङमा आरडीटी पद्धतिबाट शीघ्र परीक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पीसीआर मेशिनबाट परीक्षण गर्ने निर्णय भएको छ । 

यस्तै  बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरू डोटी, अछाम, जुम्लामा पनि सघन रूपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ,’ बिडारीले भने । 

उनले मंगलवारको बैठकबाट स्वास्थ्य सामग्रीहरूको खरीदका सम्बन्धमा नेपाल सरकारले प्रचलित कानुनबमोजिम विशेष परिस्थितिमा अपनाइने कार्यविधिकै  आधारमा खरीद गर्ने गरी छलफल भएको बताए । 

यस अघिको उच्चस्तरिय समन्वय समितिको बैठकले स्वास्थ्य उपकरणको तथा औषधि लगायतका वस्तु खरीदको हकमा सरकार– सरकारमा (जीटुजी ) र निजी क्षेत्रबीचको प्रतिष्पर्धाबाट खरीद गर्ने निर्णय गरेको थियो । त्यस्तै विदेशमा रहेका कूटनीतिक नियोगसँग समेत समन्वय गरी सामान ल्याउने निर्णय पनि बैठकले गरेको छ । 

यस्तै बैठकले सबै खालका आपूर्ति सहज गर्ने, खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाइका साथ निगरानी कायमै राख्ने र आपूर्ति नियमित गर्ने निर्णय गरेको  सचिव बिडारीले जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)