ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा महानगरले १९ हजार परिवारलाई राहत वितरण गर्दै 

२०७६ चैत, २४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

चैत २५, कास्की । सरकारले लकडाउनको घोषणा गरेपछि विपन्न र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने हरुको लागि पोखरा महानगरपालिकाले राहत वितरण गर्ने भएको छ । 

पोखरा महानगरपालिकाले विभिन्न वडामार्फत लगत संकलन गरी महानगरका ३३ ओटा वडामा रहेका कुल १९ हजार ४४० परिवारलाई राहत वितरणको व्यवस्था मिलाएको हो । 

महानगरको गत चैत १९ गते बसेको ३७ औं बैठकले राहत विरणको लागि लाभग्राही छनौट मापदण्ड बनाएर सोही अनुसार राहत वितरण गर्न शुरु गरिएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । उनका अनुसार ३३ ओटै वडाबाट लाभग्राही छनौट गरी वडा कार्यालयहरु मार्फत् राहत वितरणको व्यवस्था मिलाइएको हो । 

लाभग्राही छनौट मापदण्ड अनुसार कुनैपनि आयको स्रोत नभएका, दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्ने परिवार तथा अन्य कसैबाट पनि उचित स्याहार सुसार नपाएका वृद्ध, असाहय, अशक्त दीर्घरोगी, टुहुरा बालबालिका लगायतको छनौट गरिएको छ ।

त्यसैगरी सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेका, लकडाउनका कारण अलपत्र परेका स्वदेशी तथा विदेशी, धार्मिकस्थलमा भेटी÷चन्दा संकलन गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई लाभग्राहीको रुपमा छनौट गरिने मापदण्ड महानगरले बनाएको छ । 

महानगरले ४ जना वा सो भन्दा बढी संख्या भएको परिवारलाई फुल प्याकेज र ३ जनाको परिवारलाई आधा प्याकेज राहत उपलब्ध गराउने छ । पूरा प्याकेजमा २५ केजी चामल, १ केजी नून, १ लिटर तेल, २ केजी रातो दाल, एक केजी कालो दाल, केरा र चना एक/एक केजी रहेको छ ।

त्यसैगरी आधा प्याकेजमा साढे १२ केजी चामल, १ केजी नून, आधा लिटर तेल, रातो दाल १ केजी, कालो दाल आधा केजी र चना आधा केजी रहेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए । 

पौडेलका अनुसार ११ हजार परिवारलाई फुल र ८ हजार ४ सय ४० परिवारलाई आधा प्याकेज राहत वितरण गरिने छ । राहत वितरणको लागि फुल र आधा प्याकेजको छुट्टा छुट्टै कुपन बनाएर वडामा पठाइएको छ ।

पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणज्यि महासंघ गण्डकी, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्शको समन्वयमा पोखराका विभिन्न खाद्य सप्लायर्सहरुले राहत सामग्री उपलब्ध गराउने व्यवस्था मिलाएको पौडेलले बताए । 

राहत उपलब्ध गराउन महानगरपालिकाले २ करोड ४८ लाख ५० हजारको राहत कोष बनाएको छ । महानगरले बनाएको विपद व्यवस्थापनको खातामा अहिलेसम्म विभिन्न संघ संस्था र व्यक्तिहरुले १५ लाख सहयोग गरेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)