ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुस्ताङमा पनि उच्च सतर्कता : ९३ बेडको क्वारेन्टाइन 

२०७६ चैत, २५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

चैत २६, म्याग्दी । हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको छ । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको आशंका गरिएकालाई राख्न ९३ ओटा बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको हो ।

थासाङ गाउँपालिकाको घाँसामा बनाइएको क्वारेन्टाइनमा विदेशबाट फर्किएका ७ जनालाई राखिएको मुस्ताङबाट प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए । यसैगरी घरपझोङ गाउँपालिकामा सबैभन्दा धेरै ३९ बेड क्षमताको क्वारेन्टाइन बनाइएको उनले बताए ।

थासाङ गाउँपालिकामा २५, उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा १४, बाह्रगुङ मुक्तिक्षेत्रमा १० र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा ५ बेड क्षमताको क्वारेन्टाइन रहेको प्रजिअ अर्यालले जानकारी दिए । त्यस्तै मुस्ताङका पाँचओटै स्थानीय तहले सडक, बजार तथा बढी भीडभाड हुने ठाउँमा कोरोना भाइरसको कीटाणु मार्ने औषधि मिसाइएको क्लोरिन पानी छर्किएका छन् ।

 कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि मुस्ताङका मुखियाहरूले पनि सक्रियता देखाएका छन् । मुस्ताङका मुखियाहरूले कोरोना भाइरसबाट सचेत रहन कटुवालफार्मत जानकारी दिएका छन् ।
सूचना र प्रविधिको पहुँच नपुगेका तथा प्रयोग गर्न नजानेका व्यक्तिलाई पनि कोरोनाको संक्रमणबाट बच्ने उपाय सिकाउन कटुवालले घोक हालेर जानकारी दिने गरेको स्थानीय थम गुरुङले जानकारी दिए ।

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने मुख्य नाका घाँसा क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना, एक्याप र स्थानीयवासीको सहयोगमा मुस्ताङ प्रवेशमा रोक लगाइएको प्रजिअ अर्यालको भनाइ छ । त्यस्तैगरी मनाङको थोरङ्लापास क्षेत्र हुँदै मुस्ताङ प्रवेशमा पनि रोक लगाइएको छ भने सीमानाकाका जनतालाई सचेत रहन आग्रह गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)