ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाका शंकास्पद बिरामी अस्पताल ल्याउन प्यासेन्ट रिसिभिङ टिम

२०७६ चैत, २५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

चैत २६, म्याग्दी । म्याग्दीमा कोरोनाको शंकास्पद बिरामीलाई अस्पताल ल्याउन प्यासेन्ट रिसिभिङ टिम (पीआरटी) गठन गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी कमाण्ड पोष्टको मंगलवार बसेको बैठकले नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री सुरत केसीको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरेको हो ।

टोलीको सदस्यहरूमा श्रीबक्स गुल्म, जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र शसस्त्र प्रहरी गुल्म गलेश्रका प्रतिनिधि छन् । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको बैठकले कोरोनाका शंस्कास्पद बिरामीलाई अस्पताल ल्याउने जिम्मेवारी टोलीलाई दिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले बताएको छ ।

बैठकले बिरामी बोक्नका लागि दुईओटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय समेत गरेको छ । बेनी अस्पताल र रेडक्रस सोसाइटीको कम्तीमा दुईओटा एम्बुलेन्स चैत २७ गतेभित्र उपलब्ध गराइने भएको छ ।

संक्रमणबाट एम्बुलेन्स चाकललाई बचाउन तथा न्यूनीकरण गर्न चालक क्यावीन र बिरामी कम्पार्टमेन्टबीच तोकिएको मापदण्ड अनुसार सुरक्षा अपनाउने सकिने बनाउन श्रीबक्स गुल्मलाई संमन्वय गर्ने जिम्मेवारी दिइएको छ । म्याग्दीका स्थानीय तहमा स्थापना गरिएका क्वारेन्टाइनको स्तरोन्नित गर्न स्थानीय तहहरूलाई अनुरोध गरेको छ । म्याग्दीमा १२५ जना क्षमताको क्वारेन्टाइन र बेनी अस्पतालमा ६ शøयाको आइसेलेशन बनाइएको छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)