ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गोदावरी नगरपालिकाले राहत वितरणमा विभेद गरेको स्थानीयको आरोप

२०७६ चैत, २५  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

चैत २६, धनगढी । कैलालीको गोदावरी नगरपालिका कार्यालयले वितरण गर्दै आएको राहत सामग्री विपन्नभन्दा सम्पन्न वर्गले पाएको स्थानीयको गुनासो आएको छ । गोदावरी नगरपालिका वडा नं १ भरतपुर टोलका अधिकांश परिवारले आफूहरूले राहत नपाएको बताएका छन् ।

घर बनाएर भाडामा लगाउने घरधनीले राहत पाएको, तर कोठा भाडामा बस्ने मजदूरले नपाएको भरतपुर टोलका बासिन्दाले गुनासो गरेका छन् । आफूहरूलाई राहत वितरणमा विभेद गरेको भन्दै नगरपालिकालाई निवेदन दिए पनि कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले कार्यालय घेराउको योजना बनाएका छन् । ‘राहत बोकेको गाडी टोलीभित्र ल्याइयो, तर हामीहरूलाई राहत वितरण नगरी फर्कियो,’ स्थानीय शान्ति भट्टले भनिन् ।

गोदावरी नगरपालिकाको वडा १ भरतपुरमा राहत नपाएको गुनासो आएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले लगत संकलन गर्ने प्रतिनिधिको कमजोरीका कारण समस्या भएको स्वीकारे । वडाध्यक्ष शर्मानन्द भट्टले विपन्न वर्ग पहिचान गरेर राहत वितरण गर्ने बताए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो टोलीवासीले गरेका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)