ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उत्पत्तिको प्रमाणपत्र बिना नेपाली वस्तु सार्क राष्ट्रमा निर्यात गर्न सकिने

२०७६ चैत, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

 चैत २६, काठमाडौं । लकडाउन अवधिमा नेपाली वस्तुको उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजन) बिनानै दक्षिण एशियाका ८ देशमा निर्यात गर्न पाइने भएको छ ।

बुधवार सम्पन्न सार्क क्षेत्रका आठ मुलुकका बाणिज्य सचिव स्तरीय भिडियो कन्फरेन्स मार्फत हालका लागि यस्तो व्यवस्था गरिएको हो । लकडाउनका कारण आवश्यक कागजपत्र बनाउन नसकिने  भएकाले यस्तो व्यवस्था गरिएको हो । तर लकडाउन खुलेपछि निर्यात भइसकेको वस्तुको उत्पत्तिको प्रमाणपत्र बनाएर सम्बन्धित मुलुकलाई बुझाउनुपर्ने बताइएको छ ।

लकडाउनको समयमा उत्पत्तिको प्रमाणपत्र बनाउन नसक्ने भएपछि ८ मुलुकको सहमतिमा यस्तो व्यवस्था गरिएको मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए । यद्यपि व्यवसायीले विद्युुतीय माध्यमबाट त्यस्ता कागजपत्र बनाएर पठाउन भने सक्ने  उनको भनाइ छ ।

 त्यस्तै रकम भुक्तानीको हकमा भने विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।आयातकर्ता र निर्यातकर्ताका बैंकले सामान तथा वस्तुको मूल्य विद्युतीय माध्यमबाट नै भुक्तानी गर्न मिल्ने व्यवस्था गर्नुपर्ने भनी सहमती भएको छ ।


उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले यसअघि भारतमा निर्यात गरिने नेपाली वस्तुमा पनि हालका लागी उत्पत्तिको प्रमाणपत्र नचाहिने व्यवस्था गरिसकेको छ । नेपालले दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अनुसार भारत, बंगलादेश, पाकिस्तान, भुटान लगायतका सार्क राष्ट्रसँग व्यापार गर्दै आएको छ । 

नेपालले बिवभन्न मुलुकसँग गरेको द्धिपक्षीय व्यापार सम्झौतामा भन्दा साफ्टामा बढी सुविधा भएकाले यसै अनुसार गरिने व्यापारलाई सहज बनाउनका लागि यो व्यवस्था गरीएको सहसचिव ढकालले बताए । 

तर लकडाउन खुलेपछि पुरानै पद्दतीबाट बैदेशिक व्यापार हुने उनको भनाइ छ । सार्क मुलुकमा गरिने निर्यातका हकमा नेपाल उद्योग बाणिज्य महासंघले प्रमाणिकरण गर्दै आएको छ । तेस्रो मुलुकमा निर्यात गरिने बस्तुको हकमा भने नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मशले प्रमाणिकरण गर्दै आएका छन् ।

यद्यपि लकडाउनका कारण कुनै पनि सामानहरु निर्यात गर्न नसकेको व्यवसायीहरु बताउँछन् । साथै यो अवधिमा उत्पत्तिको प्रमाणपत्र पनि कम मात्रामा जारी भएको बताइन्छ । पहिले देशैभर गरेर दैनिक ४०० भन्दा बढी उत्पत्तिको प्रमाणपत्र जारी हुने गर्दथ्यो । तर अहिले विरगञ्ज, विराटनगरबाट नगन्य मात्रामा यस्तो प्रमाणपत्र जारी भइरहेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)