ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना परीक्षणको दायरा बढाइयो

२०७६ चैत, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तथा न्यूनीकरणका लागि परीक्षणको दायरा बढाएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा परीक्षणको दायरा बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयद्वारा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो पटक कोरोना भाइरसको संक्रमितहरूको पहिचान गर्ने काम स्थानीय तहमै तीव्रताका साथ भइरहेको जानकारी दिए । साथै ती दुई प्रदेशका विभिन्न जिल्लाबाट क्वारेन्टाइनमा रहेका ८०२ जनाको घाँटीको स्वाबको नमूना लिइएको बताए । 

‘त्यहाँ अहिले र्‍यापिड परीक्षण तथा पीसीआर गर्न नमूना संकलन गर्ने काम तीव्रताका साथ भइरहेको छ,’ उनले भने, ‘कोरोना भाइरस सम्बन्धी तथ्यांक अद्यावधिक गर्न शुरू गरिएको वेबसाइटमा बुधवार अपराह्नसम्म २ हजार ३६६ जनाको नमूना परीक्षण गरिएको छ,’ उनले भने । 

प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालमा  १ हजार ९६५ र उपत्यकाबाहिर ४६१ जनाको नमूना परीक्षण गरिएको छ । हालसम्म १३४ जना आइसोलेशनमा रहेका छन् । नयाँ संक्रमित व्यक्ति नभएको र संक्रमित आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । 

देशका विभिन्न भागमा हालसम्म ८ हजार ५८० जना क्वारेन्टाइनमा छन् । कोरोना भाइरसको संक्रमणको न्यूनीकरण तथा रोकथामको अवस्थाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालहरू कोरोना संक्रमित बिरामी राख्न तयार भएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै सरकारले दुवै अस्पतालमा १ सयभन्दा बढी बेड र ६ ओटा सघन उपचार कक्ष (आईसीयू) पूर्ण तयारी अवस्थामा राखेको प्रवक्ता देवकोटाले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)