ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भैंसीको दूध दुहेर भैंसीलाई नै खुवाउँदै म्याग्दीका किसान

२०७६ चैत, २६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

चैत २७, म्याग्दी । म्याग्दीका पशुपालक कृषकले लकडाउनका कारण दूध नबिकेपछि भैंसी दुहेर दूध भैंसीलाई नै खुवाउन थालेका छन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणको त्रासले बेनी बजारमा बसोवास गर्ने मानिस गाउँमा गएपछि दूध नबिक्दा किसानहरूले यस्तो गर्नुपरेको हो ।

सदरमुकाम बेनी बजारसँगै सीमाना जोडिएको बेनी नगरपालिका–६ बाँसबोटमा बरदान पशुपक्षी फार्मका सञ्चालक दुर्गाप्रसाद पौडेलले दूध नबिकेपछि दैनिक ५० लिटर दूध भैंसीलाई नै खुवाउने गरेको बताए । पौडेलले १७ ओटा भैंसीबाट दैनिक २०० लिटर दूध विक्री गर्दै आएकोमा अहिले दूध नबिक्दा दैनिक १४ हजार रुपैयाँ घाटा बेहोर्नुपरेको गुनासो गरे ।

 यस्तै अवस्था जिल्लाका अन्य पशुपालक कृषकको पनि छ । जिल्लाका बरंजा, सिंगा, बासकुना, अर्मन लगायत ठाउँमा रहेका पशुपालक कृषकले पनि दूध नबिकेपछि गाई भैंसीलाई खुवाउने र खोलामा फाल्ने गरेको स्थानीय कृषक श्याम सापकोटाले बताए ।

लकडाउन लम्बियो भने जिल्लाका धेरै किसान व्यवसायबाट विस्थापित हुनुपर्ने कृषकहरूले बताएका छन् । बेनीबजारमा दैनिक २०० लिटर दूध ल्याउने गरेका पौडेलजस्तै बेनी नगरपालिकाभित्रका दुग्ध संकलन केन्द्रको दूध समेत खेर गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक सुवास रेग्मीले बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)