ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकीमा क्वारेन्टाइन बसेर घर फर्किनेहरू बढे

२०७६ चैत, २६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि पौड्याल

चैत २७, कास्की । कोरोना भाइरसको संक्रमण फैलिएपछि विभिन्न देशबाट आएका व्यक्तिले तोकिएको क्वारेन्टाइन अवधि सकिएर घर गएपछि कास्कीका क्वारेन्टाइन खाली भएका छन् ।

विदेशबाट आएर १४ दिनसम्म क्वारेन्टाइनमा बस्दासमेत कोरोना भाइरसको कुनै लक्षण नदेखिएपछि उनीहरूलाई घर पठाइएको छ । 

कास्कीमा सरकारले बनाएको क्वारेन्टाइनमा बसेका ३६ जनालाई १४ दिनसम्म पनि कुनै पनि लक्षण नदेखिएपछि घर पठाइएको हो । कास्कीका विभिन्न स्थानमा होम क्वारेन्टाइनमा बसेकाहरूमा पनि लक्षण नदेखिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

कतार, भारत र बंगलादेश लगायतका देशबाट आएका ३६ जनालाई पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्र र रूपा गाउँपालिकामा क्वारेन्टाइनमा राखिएको थियो ।

पोखरा महानगरपालिकाले बनाएको केन्द्रमा राखिएका १६ जना र रूपामा राखिएका २० जनालाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्दा पनि कोरोनाको कुनै लक्षण नदेखिएपछि आ–आफ्नो घर पठाइएको स्वास्थ्य निर्देशक डा. शर्माले बताए ।

१४ दिनपछि घर पठाइए पनि थप १ हप्ता होम क्वारेन्टाइनमा बस्न भनिएको डा शर्माले बताए । लकडाउनपछि बाहिरबाट आउन रोकिएकाले अहिले कास्कीका सबै क्वारेन्टाइन खाली भएका छन् ।
गण्डकी प्रदेशमा कोराना भाइरसको आशंकामा २५९ जनाको स्वाबको नमूना संकलन गरिएको छ । त्यसमध्ये १३७ ओटाको मात्र रिपोर्ट आएको छ । यसमध्ये अहिलेसम्म १३५ जनाको नेगेटिभ र दुई जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

केही दिनअघि संघीय सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना भाइरसको परीक्षण गर्ने पोर्टेबल आरटी पीसीआर मेशिन सञ्चालनमा आएपछि  नमूना परीक्षण र उपचारका लागि बिरामीहरू आउन थालेका छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)