ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा महानगरद्वारा पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रेसर वाटर स्प्रे प्रदान 

२०७६ चैत, २६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

चैत २७, कास्की । पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लाइ ‘प्रेसर वाटर स्प्रे’ मेशिन प्रदान गरेको छ ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यलाई बिहीवार उक्त मेशिन हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसको संक्रमण हुन नदिन सो मेशिनबाट अस्पतालमा भित्रिने र बाहिरिने व्यक्ति तथा सवारीसाधनलाई समेत स्प्रे गरिनेछ ।

 अस्पतालमा धेरै मानिस आउजाउ हुने भएकाले संक्रमण फैलिन नपाओस् भन्ने उद्देश्यले ‘प्रेसर वाटर स्प्रे’ मेशिन अस्पताललाई प्रदान गरिएको महानगर प्रमुख जिसीले बताए । ‘अस्पताल संवेदनशील ठाउँ हो, यहाँ मानिसहरूको आउजाउ धेरै हुने भएकाले सुरक्षित बनाउन स्प्रे मेशिन प्रदान गरेका हौं,’ उनले भने ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा अर्जुन आचार्यले अस्पताललाई सुरक्षित बनाउन महानगरले गरेको सहयोग प्रशंसनीय रहेको बताए । उनले कोरोनाको संक्रमण रोक्न सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

यसैबीच, पोखरा महानगरले स्थापना गरेको राहत कोषमा मन्टेस्सोरी एशोसिएशन कास्कीले ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । संघका कास्की अध्यक्ष मिलन केसीले विहीबार महानगर प्रमुख जिसीलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेकी हुन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)