ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौंबाट बाहिर जान दिने सरकारको निर्णय फिर्ता

सरकारको अपरिपक्व निर्णयको मारमा सर्वसाधारण

२०७६ चैत, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौ । सरकारले लकडाउनको समयमा काठमाडौं छाडेर बाहिर जाने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ । तर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीवार बसेको बैठकले आज र भोलि (शुक्रवार र शनिवार) बाहिर जान दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यायलको वेबमा राखिएपछि विभिन्न सञ्चारमाध्यमले यसको समाचार प्रकाशन तथा प्रसारण गरेका थिए । तर वेबमा आएको केही घण्टा बित्न नपाउँदै सरकारले त्यस्तो कुनै निर्णय नभएको भन्दै पुनः विज्ञप्ति जारी गरेको छ । 

प्रधानमन्त्री कार्यालयकै पेजमा लकडाउनका कारण उपत्यकाबाट बाहिरन खोज्नु भएका बासिन्दालाई दृष्टिगत गर्दै बिहीवार बसको उच्चस्तरीय समितिको बैठकले शुक्रवार र शनिवार काठमाडौं उपत्यका बाहिरिने मार्ग खोल्ने निर्णय गरेको उल्लेख छ । त्यसको केही समयपछि त्यही सूचनालाई अपडेट भनी स्थानीय तथा प्रदेशस्तरका सरकारहरूले मान्यता नदिएकाले काठमाडौं बाहिरने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको उल्लेख छ । तर सरकारको यो तहको अपरिपक्वताको दोष भने सञ्चारमाध्यमलाई दिएर आफैले जारी गरेको सूचनामा उल्टै ध्यानाकर्षण भएको बताएको छ ।

समाचार आएपछि उच्चस्तरीय समितिले यस विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको हो । ‘काठमाडौं प्रवेश गर्न नपाइने तर काठमाडौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको’ भन्ने समाचार सार्वजनिक सञ्चार माध्यमहरू खासगरी सामाजिक सञ्जालहरूमा आइरहेको सन्दर्भमा ‘नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’को गम्भीर ध्यानाकर्षण भएको भन्दै समितिले यस किसिमको कुनै निर्णय नभएको विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

यस्तै गृह मन्त्रालयले पनि विज्ञप्ति जारी गरी काठमाडौंबाट बाहिर जाने विषयमा कुनै निर्णय नभएको बताएको छ । ‘काडमाडौं उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको भनी केही सञ्चारमाध्यममा प्रसारित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । काठमाडौं उपत्यकाकमा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै निर्णय नभएको जानकारीका लागि अनुरोध छ,’ गृह मन्त्रालयमा सहप्रवक्ता उमाकान्त अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारको यो निर्णयसँगै सर्वसाधारण भने अन्योलमा परेका छन् । लडाउनको समयमा रातको मौका छोपी मानिसहरूले काठमाडौं छोड्न थालेपछि सरकारको यो निर्णय आएको सर्वसाधारणको बुझाइ थियो । सरकारले चैत ११ देखि लागू गरेको लकडाउन लम्बिएपछि मजदूर, विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरू हिँडेरै गाउँ फर्किन भने थालेका छन् । सरकारले विभिन्न वडामा राहत बाँडे पनि आफूहरूले नपाएको र खाने चीज नै नभएपछि बाध्य भएर आफूहरूले काठमाडौं छोड्नुपरेको सर्वसाधारणले बताउँदै आएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)