ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरामा बजार अनुगमनमा तीव्रता

२०७६ चैत, २७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

चैत २८, कास्की । लकडाउनको समयमा कृत्रिम अभाव र कालोबजारी हुने आशंकामा अनुगमन समितिले पोखराका बजारमा अनुगमनको काम तीव्र पारेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको समयमा बजारमा कृत्रिम अभाव र कालोबजारी हुन सक्ने भन्दै प्रदेश अनुगमन समितिले अनुगमन बढाएको हो ।

अनुगमन समितिले पोखराका मुख्य बजार क्षेत्रसँगै कास्की र तनहुँका समेत विभिन्न ठाउँमा बजार अनुगमन गरेको छ । समितिले प्रदेशका विभिन्न जिल्लामा रहेका घरेलु कार्यालयमार्फत सबै जिल्लामा निरन्तर बजार अनुगमन गरिरहेको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशका निर्देशक गोकुल शर्मा पौडेलले जानकारी दिए ।

बजारमा विक्रीका लागि राखिएका वस्तुहरूको गुणस्तर, मूल्य र वितरणलाई प्राथमिकता दिएर अनुगमन गरिएको निर्देशक पौडेलले बताए । उपभोक्तालाई दैनिक उपभोग्य वस्तु र कृषकको उत्पादन बजारसम्म ल्याउन सहज वातावरण बनाउन निर्देशनालय लागिपरेको उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)