ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रवासी म्याग्देलीद्वारा १० लाखको आपत्कालीन राहत कोष स्थापना 

२०७६ चैत, २७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

चैत २८, म्याग्दी । कोरोना कोभिड १९ का कारण समस्यामा परेका म्याग्देलीहरूको सहयोगका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तरराष्ट्रिय कार्यकारी समितिले रू. १० लाखको आपत्कालीन राहत कोष स्थापना गरेको छ ।

रोजगार, व्यापार वा अन्य प्रयोजनका लागि संसारका विभिन्न मुलुकमा रहेका म्याग्देलीहरूको साझा संस्था (मोना)ले समस्यामा परेका म्याग्देलीलाई सघाउने उद्देश्यले कोष स्थापना गरेको बताएको छ ।

मोनाका अध्यक्ष ओमनारायण जुग्जालीको अध्यक्षतामा हालै बसेको पाँचौं बैठकले स्थापना गरेको कोषमा कार्यसमितिका पदाधीकारी र सदस्यहरुबाट १० लाख रुपैयाँ संकलन भएको महासचिव विक्रम कार्कीले जानकारी दिए ।

उनका अनुसार कोषको रकम कोरोनाका कारण समस्यामा परेका प्रवासमा रहेका म्याग्देलीको उपचार, राहत र जिल्लामा आवश्यक पर्ने काममा खर्च गरिनेछ । मोना आइसीका कोषाध्यक्ष मुक्ति रोका संयोजक, पूर्णिमा पाइजा र किसान जिसी सदस्य रहेको समिति गठन भएको छ ।

कोरोनाबाट अस्ट्रेलियामा एक जना म्याग्देली संक्रमित भएकोमा उपचारपछि निको भएको बैठकमा जानकारी गराइएको महासचिव कार्कीले बताए । मोनाले कोषमा सहयोग गर्न र कोरोनाबाट बच्नका लागि सतर्कता अपनाउन प्रवासी तथा जिल्लावासीलाई अपिल गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)