ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योग बाणिज्य महासंघद्वारा मुलुकको आर्थिक पुर्नउद्धार गर्न माग

२०७६ चैत, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

चैत २८, काठमाडौं  । कोरोना भाइरस (कोभिड–१९) ले औद्योगिक क्षेत्र प्रभावित भएपछि नेपाल उद्योग बाणिज्य महासंघले आर्थिक पुर्नउद्धार गर्न माग गरेको छ ।

 महासंघकी अध्यक्ष भवानी राणको नेतृत्वको एक प्रतिनिधिमण्डलले शुक्रवार अर्थमन्त्री  डा युवराज खतिवडालाई भेटेर कोरोना भाइरसले परेको क्षेत्रमा आर्थिक पुर्नउद्धार गर्ने माग गरेको हो ।

कोरोना रोकथाम र नियन्त्रण गर्न मुलुक लगातार लकडाउनमा जानुपरेका कारण उद्योग, व्यापार तथा व्यवसाय सम्पूर्ण ठप्प रहेको र लकडाउन पछि कम्पनी तथा फर्म खुले पनि नगद प्रवाहको व्यवस्थापन गर्न कम्पनी तथा फर्मलाई अत्यन्त चुनैतिपूर्ण हुने महासंघको भनाइ छ । साथै उसले तत्कालका लागि उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रलाई पुर्नउद्धार गर्न बैंकको व्याज, विद्युत् लगायतका क्षेत्रमा सहुलित दिनुपर्ने  भनेको छ ।

महासंघले आर्थिक पुर्नउद्धारका लागि अर्थमन्त्रीसमक्ष छुट्टै ज्ञापन पत्र नै बुझाएको छ । उक्त ज्ञापनपत्रमा बैैंकको व्याजमा बढी सहुलियत मागेको छ भने विद्युतमा डिमाण्ड शुल्क छुट दिन पनि माग गरिएको छ ।
 

यस्तो छ आर्थिक पुर्नउद्धारका लागि महासंघले सरकारसमक्ष पेश गरेको सुझाव : 
 

बैंक तथा वित्तीयतर्फ :

१.पर्यटन, निर्यात, उत्पादन मुलक र कृषि क्षेत्रको लागि २०७६ चैत्र महीनादेखि कर्मचारी तथा  कामदारको एक वर्षको तलब, ज्याला भुक्तानीको लागि कम्पनी तथा फर्म (प्रतिष्ठान) ले दुई  प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जा को व्यवस्था गरिनु पर्ने । साथै, उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दिमा २ वर्ष भित्र तिर्ने व्यवस्था  मिलाइनु पर्ने ।

२.अन्य सम्पूर्ण साना, मझौला र ठूला कम्पनी तथा फर्म (प्रतिष्ठान) हरुले २०७६ चैत्र महीनादेखि कर्मचारी तथा कामदारको छ महीनाको तलब, ज्याला भुक्तानीको लागि दुई प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दिमा एक वर्ष भित्र तिर्ने व्यवस्था मिलाइनु पर्ने ।

३.बैंकको ब्याज लागतलाई न्यूनिकरण गर्न पर्यटन, निर्यात, उत्पादन मुलक र कृषि क्षेत्रको कम्पनी तथा फर्म (प्रतिष्ठान)को एक वर्षको व्याज दुई प्रतिशत ब्याज दरमा हुनेगरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दिमा दुई वर्ष भित्र तिर्ने व्यवस्था मिलाइनु पर्ने । 

४. साथै, अन्य सम्पूर्ण साना, मझौला र ठूला कम्पनी तथा फर्म (प्रतिष्ठान) को छ महीनाको व्याज २ प्रतिशत ब्याज दरमा हुनेगरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने । उक्त ऋण कम्पनी तथा  फर्मले किस्ता बन्दिमा एक वर्ष भित्र तिर्ने व्यवस्था मिलाइनु पर्ने ।

५. हाल कम्पनी तथा फर्म (प्रतिष्ठान) ले बैंक तथा वित्तीय संस्थाबाट लिएको वर्किङ क्यापिटल लोन र ओभर ड्राप्ट लोनमा बैंकले १० प्रतिशतले बृद्धि गरि कर्जा दिन सक्ने व्यवस्था गरिनुपर्ने । यसरी वृद्धि गरिएको  वर्किङ क्यापिटललाई १ वर्ष सम्मका लागि डेविट इक्युटि रेसियोमा असन्तुलन भएपनि मान्यहुने व्यवस्था गरिनु पर्ने ।

६. नेपाल राष्ट्र बैंकबाट २०७६ चैत्र १६ गते जारी भएको निर्देशन भए अनुसार ऋणीले २०७६ चैत्र मसान्त सम्म बुझाउनु गर्नुपर्ने मासिक÷त्रैमासिक किस्ता भुक्तानी गरेमा ब्याजमा १० प्रतिशत छूट हुने व्यवस्था टर्म लोनमा मात्र लागू नगरी वर्किङ क्यापिटल लोन÷टीआर लोन लगायतका सबै प्रकारका कर्जाहरुको व्याजमा १० प्रतिशत छुट दिइनु पर्ने ।

७. उद्योग प्रतिष्ठानको कार्य संचालन गर्न कम्पनी तथा फर्मलाई नगद मौज्दात आवश्यक पर्ने भएकोले हाललाई ऋणीको खाताबाट स्वतः मौज्दात रकम कट्टी नगर्ने व्यवस्था गरिनु पर्ने ।

८. कोभिड–१९ को असर हालसम्म सबै भन्दा बढी देखिएको पर्यटन क्षेत्र हो । अवको एक वर्षसम्म पर्यटक आउने सम्भावना पनि नरहेकोले पर्यटनसंग सम्बन्धित व्यवसायको लागि विशेष व्यवस्था गरिनु पर्दछ ।

पर्यटन क्षेत्रमा आवश्यकता अनुसार कर्मचारी तथा कामदारको संख्या कटौती गर्न सकिने, कामदार कर्मचारीको तलब तथा सुबिधा आवश्यकता अनुसार कटैति गर्न सकिने, होटललाई आवश्यक पर्ने विद्युत तथा एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराइनु पर्ने, होटलमा संकलन भएको मूल्य अभिबृद्धि करको विवरण र मू।अ। कर रकम छ–छ महीनामा बुझाउने र स्थानीय तहले संकलन गर्ने एकिकृत सम्पत्ति कर ५० प्रतिशतले छूट गर्ने व्यवस्था गरिनु पर्दछ ।

९. हालको सीसीडो रेसियोलाई खुकुलो गर्नु पर्ने । बचत र ऋण बिचको ब्याजदर अन्तरलाई शून्य दशमलव ५ प्रतिशत बिन्दुले घटाइनु पर्ने । मौद्रिक उपकरण लगायत अरुकुनै व्यवस्था गरी बैंकको सबै प्रकारको कर्जाको ब्याजदर ३ प्रतिशत बिन्दुले घटइनु पर्ने ।

कोभिड–१९ ले गर्दा विदेशीमा रोजगारीको अवसर घट्ने भएकोले स्वदेशमा नै रोजगारीको संख्या बढाउनु पर्ने सन्दर्भमा लेभर इन्सेन्टीभ, निर्यातमुलक रुग्ण उद्योगलाई क्यातीयबल प्रदान गरी रुग्ण उद्योग संचालन गर्ने व्यवस्था गरिनु पर्ने ।
विद्युततर्फ :

लकडाउन अवधि र उद्योग वन्द भएको अवधिमा नेपाल विद्युत प्राधिकरणले डिमाण्ड चार्ज लिन नपाउने व्यवस्था गरिनु पर्ने । उत्पादन बढाउनका लागि नेपाल विद्युत प्राधिकरणले ६ महीनाको लागि सस्तो दरमा विद्युत् उपलब्ध गराउनेव्यवस्था गरिनु पर्ने ।

बीमातर्फ :

व्यक्तिको स्वास्थ्य बीमा अन्तरगत कोभिड—१९ ले पर्ने असर बीमा गर्दा पोलिसिमा उल्लेख नभएता पनि हाल महामारीको रुपमा फैलिएको कोभिड– १९ सँगको लडाईमा कोभिड– १९ को असर स्वतः समेट्ने व्यवस्था गरिएमा व्यक्तिलाई काम गर्न र गराउन थप प्रोत्साहन हुने भएकोले स्वास्थ्य बीमा अन्तरगत कोभिड– १९ को असर स्वतः समेटिने व्यवस्था गरिनु पर्ने ।
 

विविधतर्फ :

कुनै कम्पनी तथा फर्म (प्रतिष्ठान) ले आफ्नो आकार वा क्षमता घटाउन चाहेमा र बन्द गर्न चाहेमा बिशेष कानून बनाई कर्मचारी तथा  कामदारलाई न्यूनतम रकम दिई कम्पनी तथा फर्मले आफ्नो आकार वा क्षमता घटाउन सक्ने र बन्द गर्न सक्ने व्यवस्था गरिनु पर्ने । एक वर्षको लागि कम्पनी तथा फर्ममा सामुहिक सौदाबाजिलाई स्थिगित गरिनु पर्ने ।

कानूनको कार्यान्वयनतर्फ :
मूल्य अभिबृद्धि कर ऐन २०५२ को दफा २४ (३) मा लगातार चार महीनामासम्म मिलान गरेर बाँकी रहेको रकम एकमुष्ट फिर्ता दिने व्यवस्था भएता पनि हाल प्राप्त हुन नसकेकोले कम्पनी तथा फर्मको नगद प्रवाहको व्यवस्थापन गर्न तत्काल फिर्ता दिइनु पर्ने ।

सरकारी निकाय वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संघ संस्थाले ठेक्का सम्झौता वा करार अन्र्तगत आपूर्ति हुने वस्तु वा सेवा वापतको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई भुक्तानी गर्दा निजलाई भुक्तानी गर्ने मूल्य अभिबृद्धि कर रकमको ५० प्रतिशतले हुन आउने रकम निजको नामबाट सम्बन्धित राजस्व शीर्षकमा जम्मा गरी बाँकी रहने कर बापतको रकम मात्र भुक्तानी गर्ने ।

यसरी राजस्व जम्मा भएको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई दिनु पर्ने व्यवस्था भए अनुसार ५० प्रतिशत राजस्वमा जम्मा भएको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई सात दिन भित्र दिइसक्नु पर्ने ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)