ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा महानगरद्वारा पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई १ सय थान पीपीई प्रदान 

२०७६ चैत, २८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

चैत २९, कास्की । पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापालाई शुक्रवार उक्त परिमाणको पीपीई हस्तान्तरण गरेका हुन् ।

गण्डकी प्रदेशकै ठूलो र नेतृत्वदायी भूमिकामा रहेको अस्पताललाई सुरक्षित बनाउन महानगरले सहयोग गरेको महानगर प्रमुख जिसीले बताए ।

हस्पिटलमा काम गर्ने एम्बुलेन्स चालक, ल्याबमा काम गर्ने प्राविधिक, आइसोलेसन वार्डमा काम सबै सुरक्षित हुनुपर्नेमा उनले जोड दिए । महानगरले प्रदान गरेको पीपीई काठमाडौबाट ल्याएको र गुणस्तरको परीक्षण समेत गरिएको उनले जानकारी दिए । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलति डा. थापाले महानगरले प्रदान गरेको स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको उपचारमा सहज हुने विश्वास ब्यक्त गरे । स्वास्थ्यकर्मी अहिलेको महामारीका अग्रपंक्तिका सिपाही भएकाले उनीहरूको मनोबल उच्च बनाउने गरी सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । महानगरले बिहीबार अस्पतालाई दुई ओटा स्प्रे मेशिन प्रदान गरेको थियो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)