ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा बिरामीलाई घरघरमै औषधि

२०७६ चैत, २८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

चैत २९, म्याग्दी । म्याग्दीका स्थानीय तहहरूले दीर्घरोगी तथा नियमित औषधि सेवन गर्नुपर्ने बिरामीको  सहजताका लागि घरघरमै औषधि सेवा उपलब्ध गराउन थालेका छन् । सरकारले लकडाउनलाई थप कडाइ गरेपछि मुटु, उच्च रक्तचाप, मधुमेह, एचआईभी संक्रमित, क्षयरोगका बिरामी, गर्भपरीक्षण, परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्तालगायत व्यक्ति प्रत्यक्ष प्रभावित भएको भन्दै स्वास्थ्य संस्थाहरूसँगको  समन्वयमा घरघरमै सेवा दिने व्यवस्था मिलाएको हो ।

जिल्लाको मंगला गाउँपालिकाले बिरामीहरूको सेवा र स्वास्थ्य संस्थाबाट औषधि ल्याउन स्वयंसेवक नै तोकेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । लकडाउनको समयमा औषधि लिन स्वास्थ्य संस्थामा आउन कठिनाइ हुने र आवतजावतमा समस्या हुने भएपछि गाउँपालिकाले यस्तो उपाय अपनाएको हो । त्यसैगरी  मालिका, अन्नपूर्ण, रघुगंगा र धवलागिरि गाउँपालिकाले पनि लकडाउनको समयावधिसम्म बिरामीहरूका घरघरमा औषधि पु¥याइने बताएका छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)