ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन क्षेत्रका श्रमिकहरुकोे जीवनयापनमा ध्यान दिन आग्रह

श्रमिकहरुको लागि आवश्यक कोष बनाउन पर्यटन बोर्डलाई निर्देशन

२०७६ चैत, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

चैत २९, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लामो समय लकडाउनको अवस्था जाने अवस्थामा श्रमिकहरुको दैनिक जीवन यापनको लागि फरक विकल्पमा पनि सोच्न सरोकारवालाहरुसँग आग्रह गरेका छन् ।

उनले पर्यटन बोर्डलाई श्रमिकहरुको लागि आवश्यक कोष बनाउनको लागि तयारी थाल्न पनि निर्देशन दिए । 

पर्यटन सम्बद्ध संघ संस्थाका प्रमुखहरुसँग शनिवार भीडीयो कन्फरेन्स गर्दै मन्त्री भट्टराईले महामारीबाट पर्यटन क्षेत्रमा जारी असर, पर्यटन क्षेत्रका श्रमिक तथा कर्मचारीहरुको सबै खालका सुरक्षामा ध्यान दिन आग्रह गरे । यस्तै उनले  आगामी कार्ययोजना बारेमा पनि छलफल गरेका छन् । 

भीडीयो कन्फरेन्समा पर्यटन क्षेत्रसँग सम्बद्ध संघ–संस्थाका प्रमुहरुले आ–आफ्नो क्षेत्रले भोगिरहेको समस्या, आगमी कदम र सरकारसँगको अपेक्षाको बिषयमा कुरा राखेका थिए ।  

छलफलमा होटल एशोसिएशन नेपाल (हान) की अध्यक्ष सृजना राणा, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्षमा खुमबहादुर सुवेदी, नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्तवीर लामा, प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष  विभूतिचन्द ठाकुर र नपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को अध्यक्षमा अच्युत गुरागाईं सहभागी रहेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । 

छलफलमा मन्त्री भट्टराईले पर्यटन क्षेत्रसँग सम्बद्ध श्रमिक तथा कर्मचारीहरुको दैनिक जीवन पायनको बिषयमा विशेष ध्यान दिन आग्रह गरे ।

 ‘यदि लामो समय लकडाउनको अवस्थामा गयो भने त्यो अवस्थामा श्रमिकहरुको सुरक्षा कसरी गर्ने ? त्यो पनि हामी सबैले छलफल गरेर योजना तयार गरौं’, उनले भने ।  महामारीले असर नगर्ने गरी कुनै वैकल्पिक काममा परिचालन गर्न सकिने मन्त्री भट्टराईको भनाइ छ ।
 

कुनै पनि श्रमिकलाई भोकै रहन नदिनको लागि आ–आफ्नो संयन्त्र र सूचनालाई प्रभावकारी बनाउन पनि मन्त्रीले अनुरोध गरे ।

महामारी विरुद्धको लडाईमा सबैको समन्वय र सकायर्का जरुरी रहने भन्दै मन्त्री भट्टराईले पर्यटन क्षेत्रमा परेको असरको बिषयमा पर्यटन बोर्डको समन्वय र अगुवाईमा तथ्यांक संकलन भइरहेको जानकारी दिए । उनले त्यसमा प्रभावकारी रुपमा सामेल भएर पर्यटन क्षेत्रमा परेको असरको सही तथ्यांक निकाल्नमा सहयोग गर्न आग्रह समेत गरे । 

छलफलमा नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीले पछिल्लो अवस्थामा बोर्डले गरीरहेको कामको बारेमा जानकारी दिँदै बोर्डको नेतृत्वमा भइरहेको तथ्यांक संकलनमा सबै सामेल हुन पनि आग्रह गरे । 

उनले पर्यटन क्षेत्रमा परेको असरको बिषयमा सही तथ्यांक नभएसम्म आगामी कार्ययोजना बनाउन समस्या हुने बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)