ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिममा ५ हजार व्यक्तिको द्रुत परीक्षण गरिँदै

२०७६ चैत, २९  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । कोरोना संक्रमण भए/नभएको यकिनका लागि सुदूरपश्चिम प्रदेशबाट पहिलो चरणमा ५ हजार व्यक्तिको स्वाबको द्रुत परीक्षण (र्‍यापिड टेस्ट) गरिने भएको छ ।

प्रदेशका ९ ओटै जिल्लामा क्वारेन्टाइनमा बसेका तथा कोरोना संक्रमणको शंका भएका व्यक्तिको स्वाबको नमूना संकलनका लागि नेपाली सेना र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

सुदूरपश्चिममा कार्यरत ५ हजार स्वास्थ्यकर्मीलाई परिचालन गरी नमूना संकलनलाई तीव्रता दिइएको सेती प्रादेशिक अस्पताल धनगढीका प्रवक्ता डा. जगदीश जोशीले बताए । यसका लागि ५ हजार किट प्राप्त भएको उनले जानकारी दिए । यसअघि काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोली कैलालीमा २३० तथा कञ्चनपुरबाट ७० नमूना संकलन गरेर फर्किएको थियो ।

अब सबै जिल्लाबाट ¥यापिड टेस्ट गरेर संक्रमण भए÷नभएको आरटी पीसीआर मेशिनबाट यकिन गरिने प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । सुदूरपश्चिममा अहिलेसम्म करीब ८०० जनाको स्वाबको नमूना संकलन गरिएकोमा चारजनामा मात्र कोरोना पुष्टि भएको छ ।

लकडाउन अवधिमा मात्र भारतका विभिन्न राज्यबाट डेढ लाख व्यक्ति वैध तथा अवैध रूपमा सुदूरपश्चिम प्रवेश गरेको प्रदेश सरकारले बताएको छ । अवैध रूपमा आउने क्रम अझै नरोकिएपछि शनिवार भारतसँग सीमा जोडिएका १२० किलोमिटर क्षेत्रमा शिल गरिएको छ ।

यस्तै लकडाउनलाई दिनप्रतिदिन कडाइ गर्दै आएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिने र विपन्न परिवारको पहिचान गरी प्रतिपरिवार रू. ३ हजारका दरले उपलब्ध गराउने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको उनले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)