ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राथमिकताका आधारमा उद्योग सुचारु गर्ने सरकारको तयारी

कच्चापदार्थको आपूर्ति र श्रमिक सुरक्षा आवश्यक : उद्योगी 

२०७६ चैत, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले प्राथमिकताका आधारमा क्रमशः उद्योगहरू सञ्चालन गर्दै जाने तयारी गरेको छ । अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन पहिले उत्पादनमूलक र त्यसपछि क्रमशः अन्य उद्योग सञ्चालन गर्ने सरकारको तयारी छ ।

पहिलो चरणमा दैनिक आवश्यकताका उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग सञ्चालन भइरहेको र दोस्रो चरणमा संक्रमणको समग्र परिस्थिति अनुसार विकास निर्माणका लागि आवश्यक कच्चापदार्थ उत्पादन गर्ने उद्योग र अन्य उद्योग सञ्चालन गर्दै जाने तयारी गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको हो । उद्योगहरूमा काम गर्ने श्रमिकको स्वास्थ्य सुरक्षा, कच्चापदार्थको उपलब्धता र उत्पादित सामग्रीको ढुवानीका लागि सहजीकरण गर्ने मन्त्रालयको तयारी छ । यसका लागि ट्रेड युनियनका पदाधिकारीसँग छलफल गरी श्रमिकलाई स्वास्थ्य सुरक्षाको प्रबन्धबारे आश्वस्त गराई काममा जाने वातावरण बनाइने मन्त्रालयका वाणिज्य सचिव वैकुण्ठ अर्यालले जानकारी दिए । सचिव अर्यालका अनुसार लकडाउनको अवस्थामा विभिन्न औद्योगिक कोरिडोरहरूमा रहेका खाद्यान्न उद्योग ४१ प्रतिशत, तेलहन उद्योग ६३ प्रतिशत, खानेपानी उद्योग ९० प्रतिशत, दुग्ध उद्योग ५० प्रतिशत, पशुपन्छीको दाना उद्योग ३३ प्रतिशत, औषधि उद्योग ७३ प्रतिशत र इँटा उद्योग ४८ प्रतिशत क्षमतामा चलेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अहिले पनि उद्योगीले उत्पादनमूलक उद्योग सञ्चालन गरिरहेको र अब अन्य उद्योग सञ्चालन गर्दा कच्चापदार्थको आपूर्तिमा सहजता र श्रमिकको सुरक्षालई प्राथमिकतामा राख्नुपर्ने बताइन् । उद्योगी, व्यवसायी सरकारलाई सहयोग गर्न सधैं तयार अवस्थामा रहेको उनको भनाइ छ ।

मन्त्रालयका अनुसार मास्क, स्यानिटाइजर, व्यक्तिगत सुरक्षा साधन (पीपीई) जस्ता स्वास्थ्य सामग्री सम्भव भएसम्म मुलुकभित्रै उत्पादन गर्ने र मुलुक बाहिरबाट सकेसम्म छोटो प्रक्रियाबाट आयात गर्ने व्यवस्था मिलाइएकोे छ । हाल निजी क्षेत्रबाट मास्क, स्यानिटाइजर र पीपीईको आन्तरिक उत्पादन र आयात दुवै शुरू भइसकेको तथा नेपाल औषधि उद्योगले स्यानिटाइजरको उत्पादन शुरू गरेको छ । 

यसैबीच, सरकारले आइतवारदेखि पूरै सिलिण्डर ग्यास विक्री वितरण हुने व्यवस्था मिलाएको छ । लकडाउन शुरू भएपछिका १७ दिनमा ३७ हजार ३३४ मेट्रिकटन खाद्यान्न, १४ हजार ५४ मेट्रिकटन गेडागुडी तथा दलहन, २१ हजार ६२६ मेट्रिकटन तरकारी, ५ हजार ९६२ मेट्रिकटन फलफूल, ८० मेट्रिकटन दुग्ध पदार्थ, १० करोड ८७ लाख ७ हजार रुपैयाँ बराबरको औषधिको कच्चापदार्थ र ५६ करोड ९७ लाख २७ हजार रुपैयाँ बराबरको तयारी औषधि आयात भएको मन्त्रालयले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)