ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चीनबाट औषधि र उपकरण, भारतबाट औषधि मात्रै

२०७६ चैत, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । कोरोना रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री किन्ने जिम्मा पाएको नेपाली सेनाले आफूले पत्राचार गरेका पाँच मुलुकमध्ये चीनबाट औषधि र स्वास्थ्य सामग्री उपलब्ध हुन सक्ने तथा भारतबाट औषधिमात्रै उपलब्ध गराउने जानकारी आएको बताएको छ । 

सेनाले चीन, भारत, सिंगापुर, दक्षिण कोरिया र इजरायलबाट स्वास्थ्य सामग्री किन्न सम्बद्ध देशमा रहेका नेपाली दूतावास र सैनिक सहचारीमार्पmत केही दिनअघि पत्राचार गरेको थियो । सोहीअनुरूप शुक्रवार भारतले औषधि मात्रै दिन सक्ने जानकारी दिएको हो । आफूलाई नै आवश्यक पर्ने भएकाले स्वास्थ्य उपकरण भने दिन नसक्ने भारतले बताएको सेनाको भनाइ छ । 

त्यस्तै, चीनले भने स्वास्थ्य उपकरण र औषधि दुवै नेपाललाई उपलब्ध गराउने जानकारी गराएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले आर्थिक अभियानलाई बताए । चीन र भारतबाट स्वास्थ्य उपकरण र औषधि मागअनुसार उपलब्ध गराउने निश्चित भएको पाण्डेले बताए । दक्षिण कोरियाले भने कम्पनीको नाम पठाए पनि केकस्ता उपकरण नेपाललाई दिने भन्ने विषयमा जानकारी दिएको छैन । प्रवक्ता पाण्डेका अनुसार ती देशले पठाएका स्वास्थ्य सामग्रीको सूची सरकारलाई जानकारी गराउने र त्यसपछि मन्त्रिपरिषद्को बैठकले आवश्यक बजेट उपलब्ध गराउनेछ । चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले जीटुजी (सरकार—सरकार)बाट नेपाली सेनाले कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याउने निर्णय गरेसँगै सेनाले सर्वपक्षीय खरीद एकाइ गठन गरेको थियो । अहिले यो एकाइले शुक्रवार विभिन्न देशले पठाएको उक्त सूचीको मूल्यांकन गरिरहेको र अन्तिम सूची बनाएर आइतवार (आज) सरकारसमक्ष पेश गर्ने तयारी भएको पाण्डेले बताए । त्यसपछि मन्त्रीस्तरबाट उक्त अन्तिम सूची मन्त्रिपरिषद्मा पेश हुने र त्यसपछि खरीद र बजेट यकिन हुनेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)