ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनसेलले बुझायो १४ अर्ब ३३ करोड

२०७६ चैत, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे

चैत ३०, काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले पूँजीगत लाभकर अन्तर्गत बुझाउनुपर्ने बाँकी रू.१४ अर्ब ३३ करोड आइतवार ठूला कर दाता कार्यालयमा दाखिला गरेको छ ।

उक्त कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार उक्त कम्पनीले आइतवार विहान १० बजे रकम बुझाएको हो । गत मंगलवार एनसेलले रू. ४ अर्ब ६० करोड बुझाएको थियो ।

एनसेलले गत पुस १५गते रू.४ अर्ब ५० करोड पूँजीगत लाभकर बुझाएसँगै उसले हालसम्म तिर्नुपर्ने  रू. ९ अर्ब १० करोड बुझाइसकेको थियो । यससँगै एनसेलले बुझाउनुपर्ने लाभकर चुक्ता भएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)