ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना कहरमा आर्थिक उत्थान : ‘सबै क्षेत्रलाई अनुदानभन्दा पनि दीर्घकालिन ऋणको खाँचो’

तरलता संकुचनका बेला ठूलो ऋण नेपालले लिनु हुँदैन

२०७६ चैत, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

चैत ३०, काठमाडौं । कोरोना भाइरसकाकारण ओरालो लागेको मुलुकको अर्थतन्त्रलाई उत्थान गर्न छिटो पुर्नउत्थान हुने क्षेत्रलाई छनोट गरी दीर्घकालिन ऋणको व्यवस्थागर्न खाँचो देखिएको अर्थविद्हरुले औल्याएका छन् । 

कोरोना भाइरसकाकारण मुलुकभरका हरेक क्षेत्र आर्थिक तथा सामाजिक रुपमा प्रभावित भएको भन्दै उनीहरुले त्यसमध्ये कुन क्षेत्रले छिटै ‘पिकअप’ लिएर अर्थतन्त्रलाई गतिदिन सक्छ भन्ने विषय एकिन गरी यस्तो ऋण दिनुपर्ने देखिएको बताएका हुन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतवार गरेको ‘कोरोना महामारी र नेपाली अर्थतन्त्र’ विषयमा पूर्व अर्थसचिव रामेश्वर खनाल र अर्थविद् एवं प्रा डा विश्वम्भर प्याकुरेलसँग गरेको भिडियो कन्फरेन्समा उनीहरुले यस्तो धारणा राखेका हन् ।

 पूर्व अर्थसचिव खनालले सबै क्षेत्रलाई यस्तो ऋण सुविधा दिन नसकिए पनि पर्यटन, हवाई क्षेत्र र उत्पादनमुलक क्षेत्रलाई यस्तो ऋण दिन सकिने बताए । 
उनले भने, ‘साना तथा मझौला उद्योगलाई अनुदान दिन सकिन्छ ।’

उनले आगामी आर्थिक वर्षको बजेट निर्माण चुनौतीपूर्ण हुने भन्दै तरलता संकुचन भएका समयमा दातृ निकायबाट नेपालले ठूलो ऋण लिन नहुने सुझाव दिए ।

यसैगरी उनले विसं २०७२ को भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण’ जस्तै छुट्टै संरचना तथा इकाइ नै गठन गर्न आवश्यक भएकातर्फ पनि ध्यान दिन सुझाव दिए ।

यसैगरी अर्थविद् एवं प्रा डा विश्वम्भर प्याकुरेलले अहिले कोरोनाका कारण देखिएको आर्थिक अवस्थाको ठोस मूल्यांकन हुन नसकेको बताए ।

उनले साप्ताहिक रुपमा यसले अर्थतन्त्रमा पार्ने क्षतिका विषयमा छलफल गरी सोहीअनुसार तत्कालिन, मध्य र दीर्घकालिन राहत तथा स्टीमुलस कार्यक्रम ल्याउन पनि सुझाव दिए । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र केन्द्रीय तथ्यांक विभागको समन्वय तथा सहकार्यमा संयन्त्रको विकास गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)