ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा महानगरद्वारा गण्डकी प्रदेशलाई १०० थान पीपीई सहयोग

२०७७ बैशाख, १  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

वैशाख १, कास्की । पोखरा महानगरपालिकाले स्वास्थ्यकर्मीलाई प्रदान गर्न गण्डकी प्रदेश सरकारलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरेको छ । आइतवार महानगर प्रमुख मानबहादुर जिसीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १०० थान पीपीई हस्तान्तरण गरेका हुन् ।

यसअघि पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई समेत १०० थान पीपीई प्रदान गरेको थियो । प्रमुख जिसीले शिशुवा अस्पताललाई ४० ओटा र मातृशिशु मितेरी अस्पतालमा ४० ओटा पीपीई दिने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार कास्कीका ४ ओटै गाउँपालिकालाई पनि १०/१० ओटा पीपीई दिइनेछ । वैशाख २ गते रुपा, मादी, माछापुछ्रे र अन्नपूर्ण गाउँपालिकाका अध्यक्षलाई व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिने महानगरपालिकाले बताएको छ ।

 यसैबीच, सुपर मादी हाइड्रो पावर र पोखरा अटोवेज प्रालिले पोखरा महानगरपालिकालाई व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेका छन् । सुपर मादी हाइड्रो पावरका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगाना र अटोवेज प्रालिका प्रबन्ध निर्देशक नारायण पौडेलले ५०/ ५० थान पीपीई महानगर प्रमुख जिसीलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)