ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा महानगरद्वारा कास्कीका चार गाउँपालिकालाई पीपीई सहयोग 

२०७७ बैशाख, २  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

वैशाख २, कास्की  । पोखरा महानगरपालिकाले कास्कीका चारओटै गाउँपालिकालाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरेको छ । महानगरपालिकाले रूपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकालाई १०/१० थान पीपीई मंगलवार प्रदान गरेको हो । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरलाई पीपीई हस्तान्तरण गरेका थिए ।

त्यसैगरी उपप्रमुख मञ्जुदेवी गुरुङले माछापुच्छ्रे गाउँपालिका–२ का अध्यक्ष विक्रम गुरुङलाई, प्रमुख प्रशासकीय अधिकृत धु्रवकुमार पोखरेलले रूपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेललाई र मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । व्यक्तिगत सुरक्षा सामग्री अभावले स्वास्थ्यकर्मीलाई काम गर्न समस्या भएकाले महानगरले यसको व्यवस्थापन गरेको उनको भनाइ छ ।

हालसम्म करीब १६ लाख रुपैयाँबराबरको पीपीई खरीद गरी विभिन्न संघसंस्थालाई उपलब्ध गराइएको जानकारी जिसीले दिए । पोखरा महानगरपालिकाले यसअिघ गण्डकी प्रदेश सरकारलाई १०० थान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १०० थान पीपीई प्रदान गरिसकेको उनले बताए । यस्तै शिशुवा अस्पताललाई ४० थान र मातृशिशु मितेरी अस्पताललाई ४० पीपीई दिइने योजना रहेको उनको भनाइ छ । महानगरले आठओटा संस्थालाई गरी ३२० थान पीपीई सहयोग गरिरहेको छ ।

यसैबीच, पोखरा महानगरपालिकालाई  पोखरा युनाइटेड क्लबले १ लाख सहयोग गरेको छ । पोखरा युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ, निर्वमान अध्यक्ष सुकबहादुर गुरुङ र प्रथम उपाध्यक्ष राजु श्रेष्ठको टोलीले महानगरका प्रमुख जिसीलाई मंगलवार उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् । महानगरको कोरोना रोकथाम तथा राहत कोषमा अहिलेसम्म ३ करोड ७८ लाख ३५ हजार रुपैयाँ जम्मा भएको सूचना अधिकारी भरतराज पौडेलले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)