वैशाख २, काठमाडौं । अहिले भर्खरै सम्पन्न मन्त्रिपरिषद बैठकले आगामी वैशाख १५ गतेसम्म लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा सम्पन्न मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस (कोभिड– १९) को कारण जारी लकडाउनलाई निरन्तरता दिने निर्णय गर्दै लकडाउनको अवधि थप्ने निर्णय गरेको हो ।
बैठकमा कोभिड –१९ कै रोकथाम, उपचार र तयारीबारे छलफल केन्द्रित रहेको थियो ।
बैठकमा कोरोना भाइरस संक्रमणसँग जुध्न अहिलेसम्मका भइरहेको कामको समीक्षा र अबको रणनीतिका बारेमा छलफल भएको बताइको छ ।
कोभिड– १९ फैलिन नदिन सरकारले ११ चैतदेखि पहिलो पटक लकडाउन लागू गरेको थियो । त्यसपछि दुई पटक अवधि बढाएर वैशाख ३ गतेसम्मलाई लकडाउन लम्ब्याउने निर्णय गरिएको थियो । भारत सरकारले लकडाउन को अवधि वैशाख २०( मे ३) सम्म बढाउने घोषणा गरेको छ ।
कोरोना भाइरसको संक्रमण रोक्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार देशबासीका नाममा सम्बोधन गर्दै आगामी वैशाख २० सम्म लकडाउन लम्ब्याउने घोषणा गरेका छन् ।
भारतमा कोरोना संक्रमण बढिरहको र खुला सिमानाको कारणा भारतको संक्रमण नेपालका लागि थप चुनौती हुने आंकलन गरिएकाले पनि सरकारले लकडाउनको अवधि वैशाख १५ गतेसम्म थपेको हो ।