ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्वारेन्टाइनमा नबस्ने समस्याले सुदूरपश्चिममा कोरोनाको जोखिम बढ्दै

२०७७ बैशाख, ३  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । भारत तथा तेस्रो मुलुकबाट आएका मानिस क्वारेन्टाइनमा नबस्ने समस्याले सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै गएको प्रदेश सरकारले बताएको छ । प्रदेशभर ५ हजार १०० क्वारेन्टाइनका साथै साढे ७०० आइसोलेसन वार्ड निर्माण गरिए पनि भारत तथा तेस्रो मुलुकबाट आएका २ हजार ७०० मात्र क्वारेन्टाइनमा बसेका छन् ।

संघीय सरकारले नै यो प्रदेशलाई उच्च जोखिममा राखेर ¥यापिड टेस्टका लागि स्वास्थ्यकर्मीको टोली कैलाली कञ्चनपुरमा खटाइएको छ । तर विदेशबाट फर्किएकाहरू नै क्वारेन्टाइनमा बस्न नमानेकाले सम्भाव्य जोखिम रोकथाममा चुनौती थपिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए । 

यसअघि काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोली कैलालीमा २३० तथा कञ्चनपुरबाट ७० नमूना संकलन गरेर फर्किएको थियो । अहिले सबै जिल्लाबाट र्‍यापिड टेस्ट गरेर संक्रमण भए/नभएको आरटी पीसीआर मेशिनबाट यकिन गर्न थालिएको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए ।
सोमवार मात्र कैलालीको लम्कीचुहाँ नगरपालिका–१ की ६५ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि यो प्रदेशमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

अहिलेसम्म यो क्षेत्रबाट नेपाली सेना, स्वास्थ्यकर्मीको टोली र सेती प्रादेशिक अस्पतालले गरी २ हजार २०० भन्दा बढीको नमूना संकलन गरेको प्रदेश सरकारले बताएको छ ।

कोरोना पोजेटिभको संख्या यो प्रदेशमा बढ्दै जाने आंशकामा प्रदेश सरकार र स्थानीयतहले नौओटै जिल्लाभित्र ५ हजार २०० क्वारेन्टाइन तथा साढे ७०० आइसोलेसन वार्ड बनाएका छन् । भारतबाट मात्र विभिन्न सीमा नाका हुँदै १ लाख ५० हजार नेपाल सुदूरपश्चिम प्रवेश गरेको प्रदेश सरकारले बताएको छ । तीमध्ये प्रदेशका सबैजसो जिल्लामा पुगिसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरसको परीक्षण गर्ने एउटा मात्र प्रयोगशाला छ । यसबाट दैनिक १०–१२ व्यक्तिको मात्र परीक्षण गर्न सकिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)