ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुल निर्माण र सडक स्तरोन्नतिलाई निरन्तरता दिँदै सडक विभाग

२०७७ बैशाख, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । मुलुकभर लकडाउनका कारण अधिकांश क्षेत्र ठप्पप्रायः भए पनि सरकारले पूर्वाधार निर्माणलाई भने निरन्तरता दिएको छ । आवश्यक सुरक्षाका उपायहरू अपनाई भौतिक दूरी कायम राखेर केही राष्ट्रिय राजमार्ग, खानेपानी, जलविद्युत्, विमानस्थलदेखि पुल निर्माणलाई सम्बद्ध विभाग तथा आयोजनाहरूले निरन्तरता दिएका हुन् ।

लकडाउनको अवधिमा पनि निर्माण सम्भावना भएका पूर्वाधार निर्माणलाई निरन्तरता दिन निर्माण व्यवसायीहरूले माग गरेपछि सरकारले स्वास्थ्यसम्बन्धी मापदण्ड बनाएर काम अघि बढाउन निदर्शे न दिइसकेको छ । अहिले निर्माणस्थलभित्र रहेका कामदारलाई नै परिचालन गरेर निर्माणलाई निरन्तरता दिएका आयोजनाहरूमा मेलम्ची खानेपानी आयोजना, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल पर्छन् ।

सडक विभागअन्तर्गतका विभिन्न सडक र पुल डिभिजन कार्यालय तथा राजमार्ग आयोजनाहरूले पनि विभिन्न क्षेत्रमा सडक स्तरोन्नतिदेखि मोटरेबल पुल निर्माणसम्मका कामलाई निरन्तरता दिएका छन् । हाल विभागअन्तर्गतको पुल महाशाखाले ६२ ओटाभन्दा बढी पुल निर्माणलाई निरन्तरता दिने बताएको छ । विभागका महानिर्देशक केशवकुमार शर्माले सुरक्षाका आवश्यक उपायहरू र भौतिक दूरी कायम गर्दै सम्बद्ध डिभिजन कार्यालयहरूमार्फत निर्माण कार्यलाई निरन्तरता दिएको बताए ।

सडक विभागअन्तर्गत पुल महाशाखाका प्रमुख दीपककुमार भट्टराईका अनुसार वर्षायामभन्दा पहिला दाङको बबई नदी, बाँकेको राप्ती नदी पुल , म्याग्दीको कालिगण्डकीलगायत ६२ ओटाभन्दा बढी पलु बनाउनपु नर्छे । अहिले काम भइरहको पुल हरूमा घाटबेंशीमा त्रिशूली नदीको पुल , सिन्धुरेटारस्थित काभ्रे र रामेछाप जोड्ने सुनकोशी पुल, रौतहटको लालबकैया पुल, सिन्धुलीको कमला नदी पुललगायत छन् ।

विभागका अनुसार लकडाउनका बीच पनि अहिले त्रिभुवन राजपथको हेटौंडा - भैंसे - लामीडाँडा खण्ड, कोशी राजमार्गको देउराली–मुढे खण्ड, महेन्द्र राजमार्गको लम्की–अत्तरिया खण्डमा निर्माण कार्य भइरहेको छ । विभागअन्तर्गतका डिभिजन कार्यालयहरूले जुम्ला, दाङ, भरतपुर, झापाले पनि पुल र सडक स्तरोन्नतिको कार्यलाई निरन्तरता दिएका छन् ।

मेलम्ची खानेपानी आयोजनामा ३०० सयभन्दा बढी कामदारले काम गरिहेकोमा अहिले ५० देखि ६० जनाको भरमा काम भइरहेको छ । यसैगरी पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल आयोजनामा २७० चिनियाँ र १०० जति नेपाली कामदारबाट काम भइरहेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले आयोजनामा काम गर्ने  वातावरण बनाउँदै गरेको बताए । स्वदेशी तथा बाहिरका गरी १ हजार १०० कर्मचारी तथा कामदार आयोजनाभित्र नै रहेकाले उनीहरूलाई सुरक्षित रूपमा काम अघि बढाउन भनिएको उनले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)