वैशाख, ३ काठमाडौ । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्व सचिव सुशील घिमिरे नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को मंगलवारको बैठकले पूर्वसचिव घिमिरेलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।
उनी पर्यटन मन्त्री योगेश भट्टराईले निगमको सुधारको लागि सुझाव दिन गठित कार्यदलको संयोजक समेत थिए । तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले २०७६ माघमा राजिनामा दिएपछि सरकारले पर्यटन सचिवलाई निगमको अध्यक्षको रूपमा काम गर्ने जिम्मा दिएको थियो ।