ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैकिङ कारोबारमा समस्या परे राष्ट्र बैंकका उच्च अधिकारीलाई सोझै सम्पर्क गर्न सकिने 

२०७७ बैशाख, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

वैशाख ३, काठमाडौं  । सर्वसाधारणले अव बैंकिङ कारोबार गर्दा समस्या परे या जिज्ञासा भए  सुझाव दिन अब सोझै नेपाल राष्ट्र बैंकका ३ जना उच्च अधिकारीलाई सम्पर्क गर्न सक्ने भएका छन् । 

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा कारोबार गर्ने ग्राहकको समस्या समाधान गर्न र सर्वसाधारणको जिज्ञासाको जवाफ दिन सम्पर्क व्यक्ति तोकिदिएको हो  ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण घरमैबसी दुरी कायम राख्नु परिरहेको  अवस्थामा बैंक तथा वित्तीय संस्थामा जान असहज हुने र डिजिटल कारोबार गर्दा हुने समस्यालाई समाधान गर्न राष्ट्र बैंकले वुधवारदेखि यस्तो व्यवस्था गरेको बताएको छ । 

केन्द्रीय बैंकले सार्वजनिक सुचना जारी गर्दै बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी अधिकृत देवकुमार ढकाल, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई सम्पर्क व्यक्ति तोकेको छ ।

सर्वसाधारणलाई बैंकमा रकम जम्मा गर्ने वा झिक्ने, ऋणको साँवा व्याज तिर्ने लगायत बैंकिङ कारोबार सम्बन्धि सम्पूर्ण विषयहरुमा सोधपुछ गर्नु परे  राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी अधिकृत देवकुमार ढकाललाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यसैगरी, विप्रेषण, विदेशी मुद्रा सटहि, टीटी, प्रतितपत्र (एलसी) तथा विदेशी विनिमय कारोबारसम्बन्धि सम्पूर्ण विषयमा समस्या परे राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादूर मिश्रलाई सम्पर्क गर्न सकिने छ । 

यस्तै, मोबाईल तथा ईन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्डको प्रयोग, एटीएम सेवाको उपयोग तथा सबै प्रकारका डिजिटल कारोबार गर्दा समस्या परे वा बुझ्न  अवाश्यक परे भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई सम्पर्क गर्न सकिने छ ।

केन्द्रीय बैंकले तोकेका व्यक्तिहरुको  मोवाइल नं तथा ईमेल आईडी तलको सूचनामा उल्लेख छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)