ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३३ हजार योगदानकर्ताको चैत महीनाको रकम सासु कोषमा जम्मा हुँदै

२०७७ बैशाख, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

वैशाख ३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३३ हजार योगदानकर्ताले चैत्र महीनामा सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने योगदान रकम कोषमा जम्मा गरिदिन अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । 

श्रम मन्त्रालयकाअनुसार अहिलेसम्म कोषमा योगदान गर्न थालेका ८६१ प्रतिष्ठानमा कार्यरत  ३३ हजार ३२७ योगदानकर्ताको रू.८८ करोड ६६ हजार जम्मा गर्न गत शुक्रवार पत्राचार गरिएको हो । 

कोषमा श्रमिक तथा कर्मचारीको न्यूनतम मासिक तलबबाट ११ प्रतिशत, निजी तथा गैरसरकारी क्षेत्रका रोजगारदाताका तर्फबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम जम्मा गर्नुपर्ने कानूनी व्यवस्था छ । 

रोजगारदाताले आफ्ना श्रमिकहरूलाई न्यूनतम पारिश्रमिकको २० प्रतिशत रकम उपदान तथा सञ्चयकोष बापत कोषमा जम्मा गर्नुपर्छ ।

कोरोना संक्रमण रोकथाम तथा न्यूनिरकणकालागि सरकारले गरेको लकडाउनका कारण प्रभावित क्षेत्रहरुकालागि राहत प्रदान गर्ने कार्ययोजनामा सामाजिक सुरक्षा कोषमा आवद्ध रोजगारदाता र तिनमा कार्यरत श्रमिक तथा कर्मचारीले योगदान गर्नुपर्ने रकम सामाजिक सुरक्षा कोषमा सरकार आफैले जम्मा गर्ने निर्णय घोषणा गरेको थियो ।

मन्त्रालयका सहसचिव सुमन घिमिरेले सरकारले नै चैत महीनाको कोषमा जम्मा गर्नुपर्ने रकम बेहोर्ने निर्णय गरेकाले सोहीअनुसार सिफारिस गरिएको बताए । उनकाअनुसार अर्थ मन्त्रालयले श्रम मन्त्रालयको सिफारिसका आधारमा रकम कोषमा जम्मागरिदिनेछ ।  

कोभिड–१९ को विश्वव्यापी महामारीको संकट लम्बिएमा सरकारले कोषमा आवद्ध रोजगारदाता कम्पनी र श्रमिक तथा कर्मचारीलाई यस्तो राहत प्रदान गर्दै जाने जानकारी उनले दिए ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिक तथा कर्मचारी र आश्रित परिवारले उपचार खर्च, दुर्घटना बीमा, अवकासपछि पेन्सन र कार्यरत अवस्थामै मृत्यु भएमा पेन्सन या उपदान सुविधा पाउने कानूनी व्यवस्था छ ।

श्रम मन्त्रालयकाअनुसार ग्लोबल आईएमई ग्रूप, गोल्यान समूहजम्ता ठूला घरानाहरुले सामाजिक सुरक्षामा योगदान गर्न थालिसकेका थिए ।

यस्तै अन्नपूर्ण, याक एन्ड यति, हायात रिजेन्सी, र्‍याडिसनजस्ता पाँचतारे होटलसहितका विभिन्न रोजगारदाता कम्पनी र तिनमा कार्यरत श्रमिक तथा कर्मचारीको रकम समेत सामाजिक सुरक्षा कोषमा जम्मा हुँदै आएको थियो । 

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनेको संख्या बढि रहेपनि योगदानकर्ताको संख्या कम थियो । योगदानकर्तालाई मात्रै अहिले कोषमार्फत राहत दिइएको श्रम मन्त्रालयका अधिकारीहरुले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)