ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरामा एकजना महिलामा कोरोना पोजिटिभ देखियो

२०७७ बैशाख, ३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि पौड्याल

वैशाख ३, कास्की । पोखरामा एक महिलाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । पोखरा महानगरपालिका १२ ठिकालेथरकी ५५ वर्षीया महिलामा आरडीटी किटले परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

२७ दिन पहिले दुबईबाट पोखरा आएकी महिलाको पीसीआर प्रविधिबाट परिक्षण गर्नका लागि स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।

मंगलवार पोखरा महानगरपालिकाको वडानं १० र १२ मा ३४ जनाको नमूना परीक्षण गरिएका थियो । ३४ जनाको नमूना परिक्षण गर्दा ती महिलामा पोजेटिभ आएको हो । 

उनी घरमा एक्लै बस्दै आएकी थिइन् । उनी दुबईमा छोरालाई भेटेर चैत ८ मा नेपाल फर्किएकी थिइन् । स्वाब पीसीआर मेसिनमा परीक्षणपछि कोरोना भाइरस भए नभएको पूष्टि हुने गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ  ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)