ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिलो चरणमा चीन र भारतबाट १२० प्रकारका स्वास्थ्य सामग्री आउने निश्चित

२०७७ बैशाख, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

वैशाख ३, काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) को रोकथाम तथा उपचारका लागि नेपाली सेनाले सरकार—सरकार (जी टू जी) प्रक्रियाबाट चीन र भारतबाट ल्याउने स्वास्थ्य सामग्री र औषधिको टुंगो लागेको छ ।

अब सेनाले पहिलो चरणमा स्वास्थ्य उपकरण र औषधि गरी १२० प्रकारका सामग्री खरीद गर्न बुधवार अन्तिम सूची पठाएसँगै खरीदको टुंगो लागेको हो ।

यद्यपि सेनाले विभिन्न ५ देशबाट ३९६ प्रकारका यस्ता सामग्री खरीद गर्ने सूची बनाएको थियो ।

जि टू जीबाट खरीद गरिने यस्ता स्वास्थ्य सामग्रीहरु दिने विषयमा भारत र चीनले गत शुक्रवार सूची नेपाल पठाएका थिए । ती देशले उपलब्ध गराउने स्वास्थ्य सामग्रीको अन्तिम सूची तयार गरी बुधवार नै चिन पठाइएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

उनका अनुसार चीनलाई ६७ थरीका सामग्री नेपाललाई उपलब्ध गराउन पत्राचार गरिएको छ, भने भारतलाई ५३ । सरकारले चैत १६ गते नेपाली सेनालाई कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि यस्ता सामग्रीहरु खरीद गर्न स्वीकृति दिएको थियो ।

त्यसको १७ दिनमा सेनाले चीन र भारतबाट खरीद गर्ने स्वास्थ्य सामग्री र औषधिको सूची तयार गरेको हो । योसँगै अन्तत : यी सामग्री खरीद गर्ने प्रक्रिया शूरु भएको छ । 

सेनाले रक्षा मन्त्रालयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यो सूची पठाएको र त्यसको लगत्तै स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएसँगै बुुधवार नै अन्तिम सूची चीन पठाएको छ ।

ती सामग्रीहरु ल्याउनका लागि अब दुईओटा निर्णय आवश्यक भएको प्रवक्ता पाण्डेले बताए । 

उनकाअनुसार मन्त्रिपरिषद्ले चीनको क्वान्चाउ र भारतको नयाँदिल्लीमा आइपुग्ने ती स्वास्थ्य सामग्रीहरु ल्याउनका लागि बजेट र जहाजको व्यवस्थापन गर्नुपर्छ । यो निर्णय भने भइसकेको छैन ।

यसैगरी मन्त्रिपरिषद्को चैत १६ गते निर्णयपछि यी सामग्रीहरु ल्याउन सेनाले चिन र भारतसँगै दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई पनि छनोट गरेको थियो । तर, यी तीन देशले स्वास्थ्य सामग्री उपलब्ध गराउने विषयमा भने अझै कुुनै जानकारी दिएका छैनन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)