ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरामा  र्‍यापिड टेस्ट पोजेटिभ देखिएकी महिलाको पीसीआर नेगेटिभ

२०७७ बैशाख, ४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

वैशाख ४, कास्की । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी पोखराकी एक महिलाको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको छ । 

पोखरा महानगरपालिका १२ ठिकालेथरकी ५५ वर्षीया महिलाको आरडीटी किटले परीक्षण गर्दा मंगलवार कोरोना पोजेटिभ देखिएको थियो । 

मंगलवार पोखरा महानगरपालिकाको वडानं १० र १२ मा ३४ जनाको नमूना परीक्षण गरिएको थियो । ३४ जनाको नमूना परीक्षण गर्दा एक महिलाको रिपोर्ट पोजेटिभ आएपछि पीसीआर प्रविधिबाट स्वाब परिक्षण थालिएको थियो ।

२७ दिन पहिले दुबईबाट पोखरा आएकी महिलाको द्रुत परिक्षण (आरडीटी) का क्रममा पोजिटिभ रिपोर्ट आएपछि उनको स्वाब लिएर पीसीआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उनी दुबईमा छोरालाई भेटेर चैत ८ मा नेपाल फर्किएकी थिइन् ।

त्यसैगरि गण्डकी प्रदेशमा मंगलवार र्‍यापिड टेष्टका क्रममा तीन जनामा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो । कास्की, बागलुङ र गोरखाका १/१ जनामा र्‍यापिड टेष्ट पोजेटिभ देखिएपछि उनीहरुको पीसीआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ आएको निर्देशनालयले जानकारी दिएको छ । स्वाबको बुधवार पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा परीक्षण भएको थियो ।

गण्डकी प्रदेशका १० जिल्लामा विदेशबाट आएकाहरुको र्‍यापिड टेष्ट तीव्र पारिएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ३ हजार १०७ जनाको परीक्षण भएको छ । 

संघीय सरकारले पठाएको ५ हजार किट मार्फत गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा कोरोनाको परीक्षण भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेशका मनाङ जिल्ला बाहेका सबै जिल्लामा परीक्षण भएको छ ।

चैतभित्र विदेशबाट आएकाहरु र उनीहरुको नजिकमा रहेकाहरुमा संक्रमण भए नभएको पत्ता लगाउन तीव्र परीक्षणको लागि किटको प्रयोग गरिएको हो । गण्डकी प्रदेशको बागलुङमा २ जनामा कोरोना संक्रमण देखिएपछि उपचार भइरहेको छ । उनीहरु दुवैको बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेशन वार्डमा उपचार भइरहेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)