ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बालुवाटारमा मन्त्रिपरिषदको विशेष बैठक शुरु 

२०७७ बैशाख, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar टीपी भुसाल

वैशाख ५, काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को कारण जारी लकडाउनको समीक्षा तथा भावी रणनीति तय गर्न मन्त्रिपरिषदको विशेष बैठक बालुवाटारमा शुक्रवार साँझ शुरु भएको छ । 

प्रधानमन्त्रीले मन्त्रिपरिषदका सदस्यहरू, उच्चस्तरीय समन्वय समिति र सीसीएमसीका सदस्यहरूसहित बालुवाटारमा विशेष बैठक बोलाउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

बैठकमा कोरोना भाइरस संक्रमण विरूद्ध जारी लकडाउन र यसको कार्यान्वयनका बारेमा एकीकृत छलफल र समीक्षा भइरहको उनले बताए । 

सरकारलाई यतिखेर लकडाउनका कारण उपत्यकामा रहेका यात्रुहरु सयौं किलोमिटर धमाधम पैदल हिंडेर घर गइरहेको र यात्राका क्रममा खान तथा बास बस्न नपाएको भन्ने चौतर्फी दबाब आइरहेको छ ।

 र यहि विषयमा बैठकले केहि निर्णय गर्न सक्ने स्रोतले जानकारी दिएको छ ।
 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)