ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुलभ अग्रवाल पक्राउ प्रकरण : अनुसन्धान अपुरो भएपछि मिसिल प्रहरीलाई नै फिर्ता

२०७७ बैशाख, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

वैशाख  ५, काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले शंकर ग्रूपका सञ्चालक सुलभ अग्रवालमाथि कालोबजारीको अनुसन्धान प्रतिवेदन (मिसिल) महानगरीय प्रहरी परिसरलाई नै फिर्ता पठाएको छ । अनुसन्धान पुर्ण नभएको भन्दै वकिलको कार्यालयले शुक्रवार नै उक्त मिसिल प्रहरीलाई नै फिर्ता पठाइदिएको छ ।

स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा गत चैत २५ गते पक्राउ परेका अग्रवालमाथि अनुसन्धान गरेर परिसरले उक्त मिसिल बिहीवारमात्र सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । तर अनुसन्धानका क्रममा मिसिल अपुरो देखिएपछि थप अनुसन्धानका लागि मिसिल फिर्ता पठाइएको उक्त कार्यालयका सूचना अधिकारी नुमराज खनालले बताए । 

परिसरका एक प्रहरी अधिकारीले मिसिल फिर्ता आएको बताउँदै अब थप अनुसन्धान गरिने बताए ।

जिल्ला प्रशासन कार्यालयले दुई पटक गरेर १२ दिन हिरासतमा राखेर अग्रवालमाथि अनुसन्धान गर्न अनुमति दिइसकेको छ, जुन म्याद शनिवार सकिदैं छ । 
प्रहरीले अनुसन्धानका लागि अग्रवाललाई आइतवार जिल्ला प्रशासन कार्यलयमा पेश गरिने बताएको छ ।अब प्रहरीले थप अनुसन्धान गरेर वकिल कार्यालयमा उक्त मिसिल पठाउनुपर्ने छ । 

त्यसपछि उक्त मुद्दामा वकिलको कार्यालयले थप अनुसन्धान गरेर जिल्ला प्रशासनमा मुद्दा दर्ता गराउने छ । त्यसपछि मात्र जिल्ला प्रशासनले प्रमाणका आधारमा फैसला गर्ने बताइएको छ । ज्वरो नाप्ने थर्मल गन बढी मूल्यमा विक्री गरेको आरोपमा उनी गत हप्ताको मंगलवार बालुवाटारबाट प्रक्राउ परेका थिए । 

महानगरीय प्रहरी अपराध महाशाखाको बिशेष टोलिले उनलाई प्रक्राउ गरेको थियो । यद्यपि पछि त्यो मुद्दा महानगरीय प्रहरी परिसरले अनुसन्धान गरेको थियो। प्रहरीले उनीमाथि कालोबजार ऐन अनुसारको मुद्दा लगाएर अनुसन्धान अगाडि बढाइएको थियो । 

प्रहरीकाअनुसार अग्रवालले चीनबाट ज्वरो नाप्ने थर्मल गन लिएर महंगोमा विक्री गरेका थिए । सामान्यतया रू.३ हजार ५०० पर्ने थर्मल गनलाई अग्रवालले रू.१५ हजारसम्ममा विक्री गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले उनको साथबाट ६७ थान थर्मल गन बरामद गरेको छ  तर अग्रवालले चीनबाट २० हजार थान थर्मल गन ल्याएका थिए । प्रहरीले थप थर्मल गनको अवस्था बारे केही पत्ता लगाउन सकेको छैन ।

जगदम्बा सिमेन्ट, छड र धागो उद्योगका सञ्चालक अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक महावाणिज्य दूतसमेत हुन् । कुटनीतिक नियोगको २०९ एचसीसी १ नम्बरको गाडीमा नै राखेर थर्मल गन विक्री गरेको अवस्थामा प्रहरीले अग्रवाललाई पक्राउ गरेको थियो ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)