ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एकैदिन १४ जना कोरोना संक्रमित भेटिए (अपडेट )

२०७७ बैशाख, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं  ।  नेपालमा शुक्रवार एकैदिन १४ जना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ।

एकै दिन उदयपुरमा १२ र चितवनमा २ गरेर १४ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूष्टि गरेको हो। 

१२ जना उदयपुरमा भेटिएका मध्ये केही भारतीय भएको बताइएको छ । 

मन्त्रालयका अनुसार उदयपुरमा एक जना २० वर्षको, एक जना २२ वर्षको एक जना, २५ वर्षको एक जना,२६ वर्षको एक जना, २८ वर्षको चार जना, २९ वर्षको २ जना, ३४ वर्षको एक जना र ४० वर्षको एक जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । 

यस्तै चितवनको राप्ती नगरपालिका घर भएका एकजना २७ वर्षिय पुरुष र अर्का ६३ वर्षिय  महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको मन्त्रालयले जानकारी दिएको छ । 
उनीहरु लन्डनबाट हङकङ ट्रान्जिट हुँदै नेपाल आएका थिए । उनीहरु नातामा आमाछोरा भएको हाम्रा प्रतिनिधि सुर्यप्रसाद अधिकारीले बताएका छन् । 

नेपालमा एकै पटक यति ठूलो संख्यामा कोरोना संक्रमित भेटिएको यो पहिलो घटना हो । कोशी अञ्चल अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा उदयपुरका १२ जनामा कोरोना संक्रमण पोजेटिभ पाइएको र उनीहरुको स्वाब परीक्षणको नमूनालाई काठमाडौं ल्याएको बताइएको छ । 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Roshan Agrawal

[Apr 17, 2020 03:23pm]

कृपया कोरोना पोजेटिव भेटिएका नाम र उदेस्य सार्बजनिक गर्नु पर्यो !



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)