ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्र बैंक ३५ अर्बको विकास ऋणपत्र विक्री  गर्दै

२०७७ बैशाख, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

वैशाख ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवार रू.३५ अर्ब ऋणपत्र विक्री गर्ने भएको छ ।सरकारले चौथो त्रैमासमा रू.१ खर्ब ३९ अर्ब ४० करोड उठाउने लक्ष्य लिएको छ ।  

नेपाल सरकारको तर्फबाट राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले ३ वर्षे अवधिको विकास ऋणपत्र २०८०“घ” जारी गरेको हो । ऋणपत्रको व्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुने बताईएको छ । वैशाख ७ गते निष्काशन गरिने सो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइने छ । यसको व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा व्याजकर लाग्ने छ । 

लकडाउनका कारण यसपटक सो ऋणपत्र बैंक तथा वित्तीय संस्थाले बढि मात्रामा खरीद गर्न सक्ने राष्ट्र बैंकका प्रवक्ता डा गुणकर भट्टले बताए । यसबिच बैंकहरुमा पर्याप्त तरलता भएकाले उनीहरुले बढि किन्ने उनको तर्क छ ।

यद्यपि उक्र ऋणपत्र गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले समेत खरीद गर्न सक्ने छन् ।

यसैगरी, नेपाल राष्ट्र बैंकले वैशाख ८ गते सोमवार रू.५ खर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिकोस्रोत जुटाउन बैंकले यसपटक रू.२० करोडको ९१ दिने र रू.५ अर्ब बराबरको १८२ दिने ट्रेजरी विक्री गर्न लागेको हो ।   

राष्ट्र बैंकले सरकारको आन्तरिक ऋण उठाउने लक्ष्य अनुरुप आर्थिक वर्ष २०७६/ ७७ मा रू.१ खर्ब ९५ अर्ब मध्ये  सबैभन्दा बढि चोथो त्रैमासमा रू.१ खर्ब ३९ अर्ब उठाउन तालिका प्रकाशित गरेको थियो । यसमध्ये सबैभन्दा बढि रू..७० अर्ब विकास ऋणपत्र,  रू.६५ अर्बको ट्रेजरी विल, रू.४ अर्बको ५ वर्षे नागरीक वचतपत्र र रू.४० करोडको ५ वर्षे वैदेशिक रोजगार वचतपत्र विक्री गर्ने लक्ष्य लिएको छ ।  
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)