ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा कोरोना संक्रमण (अपडेट )

पछिल्ला दुई ओटा रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गर्ने तयारी

२०७७ बैशाख, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

वैशाख ७, काठमाडौं  । कोरोना भाइरस (कोरोना–१९) संक्रमण भएका कैलालीका एक जना युवकको रिपोर्ट नेगेटिभ आएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय ती युवकको दोश्रो र तेश्रो रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

उनलाई आइतवारनै डिस्चार्ज गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । 

२२ चैतमा कोरोना भाइरस संक्रमण  भएका उनको शनिवार गरिएको दोस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसको २४ घण्टापछि आइतवार पुनः परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ देखिएपछि अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको उनले बताए । 

कैलालीका ती युवाको रिर्पोट नेगेटिभ आएसँगै नेपालमा कोरोना संक्रमित ३१ मध्ये ४ जना निको भएका छन् । शनिवार मात्रै कोरोना संक्रमित काठमाडौंकी १९ वर्षीया युवती र बागलुङकी ६५ वर्षीया वृद्धा डिस्चार्ज भएका थिए ।

कोरोना संक्रमित अन्य २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहको र उनीहरुको स्वास्थ्य अवस्था पनि राम्रो रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  भारतको मुम्बइबाट १२ चैतमा फर्किएर  क्वारेन्टाइनमा बसेका ती युवकलाई २२ चैतमा कोरोना भाइरस पोजिटिभ देखिएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)