ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोभिड–१९ बीमा लेखको औपचारिक विक्री शुरु, अनलाइनबाटै बीमाशुल्क भुक्तानी गर्न सकिने

२०७७ बैशाख, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

वैशाख ७, काठमाडौं । कोभिड–१९ बीमालेखको आइतवारदेखि औपचारिक रुपमा विक्री शुरु भएको छ । बीमा समिति र नेपाल बीमक संघको संयुक्त आयोजनामा आइतवारबाट ललितपुरस्थित समितिको परिसरमा औपचारिक कार्यक्रम गरेर कोभिड–१९ बीमा लेखको विक्री शूरु गरिएको हो ।

उक्त कार्यक्रममार्फत कोभिड–१९ बीमाको पहिलो बीमा लेख बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले खरीद गरेका छन् ।

उनले आफ्नो परिवारको प्रतिसदस्य रू. १ लाखको दरले बीमा गरेका छन् । सो अवसरमा नेपाल बीमक संघका अध्यक्ष दिपप्रकाश पाण्डेले उक्त बीमा लेखको प्रमाणपत्र अध्यक्ष चापागाईंलाई हस्तान्तरण गरेका थिए । 

कोरोना भाइरसको बढ्दो प्रकोपलाई लक्षितगर्दै समितिले गत बिहीवार लघुबीमा अन्तरगत कोभिड–१९ बीमा लेख जारी गरेको थियो । समितिले घातक रोगको बीमा लेख सरह नै यो बीमा कार्यक्रम ल्याएको थियो । यो बीमा कार्यक्रम जीवन बीमा कम्पनीको लघु बीमा पुल मार्फत अगाडि बढ्ने छ । बीमा लेखको इस्यू म्यानेजर भने शिखर इन्स्योरेन्सलाई तोकिएको छ ।

कोभिड–१९ बीमा लेखको विक्री प्रक्रियालाई पनि सरल बनाइने बताएको छ । आममानिसले घर मै बसेर अनलाइनमार्फत यो बीमालेख खरीद गर्न सकिने र बीमा शुल्क पनि अनलाइनमार्फत नै भुक्तानी गर्न सकिने बताइएको छ ।

आईएमई पे मार्फत यसको बीमा शुल्क भुक्तानी गर्न सकिने बताइएको छ । साथै कुनै व्यक्तिले आफ्नो नाम, ठेगना सहित बैंकमा पैसा जम्मा गर्ने वित्तिकै निजको स्वतबीमा हुने बीमक संघको भनाइ छ । 

समितिले यो बीमालाई रू.१ लाख र रू.५० हजारको बीमांक गरि दुई श्रेणीमाबिभाजन गरेको छ । रू.१ लाखको बीमागर्ने व्यक्तिले रू.१ हजार बीमाशुल्क तिर्नु पर्नेछ । परिवारको नै बीमागर्दा भने प्रतिव्यक्ति रू.६०० मात्र बीमा शुल्क लाग्ने समितिको भनाइ छ । 

यस्तै रू.५० हजारको बीमागर्दा प्रतिव्यक्ति रू.५०० बीमा शुल्क लाग्ने छ । परिवारको नै बीमागर्दा प्रतिव्यक्ति रू.३०० मात्र बीमा शुल्क लाग्ने समितिको भनाइ छ । 
समितिकाअनुसार बीमित व्यक्ति कोरोा भाइरस संक्रमित भएको पूष्टि हुना   साथ बीमांक बराबरको रकम भुक्तानी गरिनेछ । यद्यपि यसमा दावी १५ दिनको प्रतिक्षा अवधि लागू हुने बताइएको छ । 

आइतवार आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष, कार्यकारी निर्देशक राजुरमण पौडेल, संघका अध्यक्ष दिपप्रकाश पाण्डे, महासचिव चंकी क्षत्रीसहित बीमा कम्पनीहरुको प्रतिनिधिको सहभागिता थियो ।

यस्तै, समितिले आइतवारनै कोभिड –१९ को बीमा कार्यक्रम सञ्चालन गर्न निर्जीवन बीमा कम्पनीहरुलाई ७७ जिल्ला पर्ने गरि विभिन्न जिल्ला तोकिदिएको छ । समितिकाअनुसार कम्पनीहरुले तोकिएको जिल्लामा अनिवार्य रुपमा उक्त बीमा कार्यक्रम लागू गर्नुपर्ने छ ।

यो पनि हेर्नुस्

कोभिड–१९ बीमालेख जारी : अब कोरोना भाइरसले ल्याउने जोखिमको पनि बीमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)