ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डाक्टरलाई स्पष्टिकरण नसोधिएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति

२०७७ बैशाख, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

वैशाख ७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनलाई कुनै स्पष्टिकरण नसोधिएको स्पष्ट पारेको छ ।

डा पुनलाई अस्पतालको काममा बाधा नपर्ने गरी कोरोना भाइरस (कोभिड–१९) का लागि मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्‍याउने कामका लागि उपस्थित हुन मात्र बोलाएको जानकारी दिएको छ । सोहि पत्राचार अनुसार डा पुन आइतवार मन्त्रालय पुगेको मन्त्रालयका सहसचिव रघुराम विष्टले जानकारी दिए । 

छलफलका लागि भनी मन्त्रालय बोलाइएको विषयमा स्वास्थय मन्त्रीको समेत चरित्र हत्या गर्ने गरी विभिन्न सञ्चार माध्यममा गलत समाचार आएको भन्दै त्यसको खण्डन गरेका छन् । उक्त मन्त्रालयले शुक्रवार अस्पताल प्रशासनलाई पत्र लेखी उनलाई मन्त्रालय पठाउन भनेको थियो ।

पुनलाई टेकुबाट मन्त्रालय तानिएको भन्ने विषयमा विभिन्न कोणबाट मन्त्रालयको आलोचना भएपछि मन्त्रालयले आइतवारको नियमित पत्रकार सम्मेलनमा उनका  विषयमा स्वास्थ्य मन्त्रीलाई समेत जोडर समाचार आएको भन्दै खण्डन गरेको छ । 

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख तथा सहसचिव रघुराम विष्टले कोरोना भाइरसका सन्दर्भमा जोसुकै र जुनसुकै स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार मन्त्रालयबाट खटाउने काम भइरहेको जनकारी दिंदै कुनै पनि स्वास्थ्यकर्मीकोे मनोवल घटाउने काम नगर्न समेत आग्रह गरे ।

उता डा पुनले पनि आइतवार नै विज्ञप्ति जारी गर्दै आफुलाई कार्यरत अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड–१९ मा मन्त्रालयले संचालन गरेको अभियानमा सहयोग पुर्‍याउनका कामका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने व्यहोराको पत्र प्राप्त भएको जानकारी दिएका छन् । 

उनले पत्रअनुसार मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिसकेको र यसलाई मैले आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिई आफ्नो नियमित काममा क्रियाशिल रहिरहेको विज्ञप्ति मार्फत उल्लेख गरेका छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)