ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा महानगरपालिकामा सेनिटाइजर टनेल

२०७७ बैशाख, ७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

वैशाख ७, कास्की । पोखरा महानगरपालिकाको कार्यालय परिसरमा स्वचालित सेनिटाइजर टनेल राखेको छ । नेपाल इन्जिनियरिङ एसोसिएसन (एनइए) गण्डकीको सहकार्यमा निर्माण गरिएको सेनिटाइजर आइतवारदेखि सञ्चालनमा आएको हो ।

कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा पूरा शरीर नै सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वचालित सेनिटाइजर टनेलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभारम्भ गरे । 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले कोरोना भाइरसबाट बच्ने पहिलो विकल्प लकडाउन भएको बताउँदै सधैं लकडाउन सम्भव नहुने भएकाले विज्ञानले विकास गरेको प्रविधिलाई प्रयोग गरेर कोरोनालाई नियन्त्रण गर्नुपर्ने बताए ।

 उनले सर्वसाधरणको भीडभाड हुने स्थान अस्पताल, सरकारी कार्यालयहरु, डिपार्टमेन्टल स्टोर्स लगायतमा यस्तो स्वचालित सेनिटाइजर टनेल राख्नुपर्ने बताए ।
लकडाउनको विकल्पमा विज्ञानले विकास गरेको प्रविधिलाई कोरोना संक्रमण रोकथाममा प्रयोग गर्नुपर्ने उनको भनाइ छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले इन्जिनियरहरुले बनाएको यो सेनिटाइजर टनेललाई पोखराको ब्रान्ड बनाउनुपर्ने बताए ।

 करिब ५ सेकेन्डमा यस स्वचालित सेनिटाइजर टनेलले होलबडीलाई सेनिटाइज गरिसक्ने नेपाल इन्जिनिरिङ एसोसिएसन गण्डकीका अध्यक्ष आर्कीटेक इन्जिनियर बाबुराम भण्डारीले जानकारी दिए । उनले गण्डकी प्रदेश र पोखरालाई कोरोना भाइसरबाट सुरक्षति राख्नका लागि गण्डकी प्रदेश तथा पोखराका नाकाहरुमा यस्तो सेनिटाइजर टनेल राख्नुपर्ने बताए ।

उनका अनुसार यस सेनिटाइजर टनेल बनाउँदा रू. १ लाख ५० हजारको सामग्री लागेको र एनइएका इञ्जिनीयरले प्राविधिक शिक्षाको उपयोग गरी पोखरा महानगरको यान्त्रिक कार्याशालामा यो टनेल निर्माण गरेको हो ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)