ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकार पर्यटनक्षेत्रमा राहत प्याकेज घोषणा गर्न बजेट तयारी गर्दै 

अल्पकालीन र दीर्घकालीन रणनीति आवश्यक भएको व्यवसायीको धारणा

२०७७ बैशाख, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

वैशाख ८, काठमाडौं । सरकारले नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्ने गरी प्याकेज सहितको बजेटको तयारी गरेको छ । कोरोनाको कारण यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएकोले पुनःस्थापित गर्ने गरी मन्त्रालयले तयारी गरिरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए । 

नेपाल आर्थिक पत्रकार समाज सेजनले सोमवार आयोजना गरेको ‘कोरोेनाको महामारीले  पर्यटन क्षेत्रमा पारेको प्रभाव र आगामी बाटो’ विषयक भीडीयो सम्बादमा मन्त्री भट्टराईले यसबारेमा अध्धयन भइरहको र अर्थमन्त्रालयसँग समेत छलफल भएको बताए । 

‘पर्यटन अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख क्षेत्र हो, यसले हन्य आर्थिक गतिविधिलाई पनि प्रत्यक्ष प्रभाव पार्छ, अहिले नै कोरोनाको समस्या नसकिएकोले के–कस्तो क्षति हुने हो त्यो सबै नआउला तर पनि मन्त्रालयले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग पर्यटनलाई पुनःस्थापित गर्ने गरी बजेटको तर्जुमा गर्ने गरी छलफल अगाडि बढाएको छ’, उनले भने । 

नेपालको पर्यटन क्षेत्रमा अहिले सम्म रू.१५ खर्बभन्दा बढीको लागनी रहको र यसबाट लाखौंको रोजगारी सृजना भएको र अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्र भएकोले पनि यस विषयमा सरकारले गम्भीर भएर काम गरेको मन्त्री भट्टराईले बताए ।
 
नेपाल पर्यटन बार्डकाका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले संकटबाट पार पाउन र त्यस पछिको लागि अहिले नै तयारी थाल्नु पर्ने बताए । उनले पर्यटन मन्त्रालयले मन्त्रालय अन्तरगत अनावश्यक बजेट कटौती गरी मन्त्रालय,व्यवसायी र पर्यटन बोर्ड मिलेर कोरोनापछिको पर्यटनका लागि योजना बनाउनु पर्ने बताए । 
 

होटल संघ नेपाल (हान) का द्वितीय उपाध्यक्ष प्रविन पाण्डेले कोरोनाको कारण पर्यटन उद्योग सबैभन्दा बढी प्रभावित भएकोले राज्यबाट संरक्षणको आवश्यक्ता महसुस गरिएको बताए । 
उनले अहिले नै केही होटल बन्द भएको र अब यो अवस्था लम्बिदै जाने हो भने क्रमशः अरु होटल पनि बन्द हुँदै जाने बताए । उनले अब सरकारले पर्यटन क्षेत्रलाई बचाउन नेतृत्व दिएर काम गर्नुपर्ने समय आएकोसमेत बताए । 

यो पनि हेर्नुस्

लकडाउनको असर तारे होटलमा, हायात रिजेन्सी होटलको सवै सेवा असार १६ गतेसम्म बन्द

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)